विराटनगर- नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि ओखलढुंगामा प्रहरीले नौ राउण्ड हवाई फायर गरेको छ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार मतदान गर्ने विषयलाई लिएर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो। स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।
चम्पादेवी गाउँपालिका-९ स्थित जीवन ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताको लाइन मिलाउने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।
अहिले मतदान स्थगित भएको र मतदान सुचारु गर्ने विषयमा सर्वदलीय बैठकका लागि पहल भइरहेको प्रहरीको भनाइ छ।