विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छन्।
उनले सुन्दरहरैँचा-७ स्थित पञ्चायत मावि केन्द्रबाट मतदान गरेकी हुन्। उनले केन्द्रमा पहिलो मत खसालेकी थिइन्।
मतदानपछि उनले पञ्चायतकलदेखिका धेरै निर्वाचनमा मत हाल्न पाउनु आफ्नो सौभाग्य भएको बताइन्।
उनी परिवारका सदस्यको सहयोगमा अटोरिक्सामा चढेर मतदान केन्द्रसम्म पुगेकी हुन्।