मंगलबार, फागुन १९, २०८२

केनको दोहोरो गोलमा टोटेनहमले अर्सनललाई हरायो

ह्यारी केनको दोहोरो गोल सहयोगमा टोटेनहम हट्स्परले आर्सनललाई ३-० ले हराएको छ। टोटेनहमको घरेलु रंगशालामा सम्पन्न भएको खेलमा उसले आर्सनलविरुद्ध सहज जित निकालेको हो।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- ह्यारी केनको दोहोरो गोल सहयोगमा टोटेनहम हट्स्परले आर्सनललाई ३-० ले हराएको छ। टोटेनहमको घरेलु रंगशालामा सम्पन्न भएको खेलमा उसले आर्सनलविरुद्ध सहज जित निकालेको हो।

जितका लागि ह्यारी केनले दुई गोल गरे भने सन ह्युङ मिनले पनि एक गोल थपे। खेलको २२औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै केनले पहिलो गोल गरेका थिए। त्यस्तै, बेन्टाकुलरको पासको सहयोग लिएर उनले ३६औं मिनेटमा अग्रतालाई दोब्बर बनाए।

त्यस्तै, दोस्रो हाफको पहिलो मिनेटमै गोल गरेर सनले अग्रतालाई ३-० मा पुर्‍याएका थिए। यही अग्रता बचाउँदै टोटेनहमले जित निकालेको हो।

यता  खेलको २६औँ मिनेटमा पहिलो र ३३औँ मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि रोबर्ट सामुएल होल्डिङ मैदानबाट बाहिरिएका थिए। यससँगै आर्सनले १० खेलाडीमा समेटिएको थियो।

यो जितसँगै टोटेनहमले दुई खेल बाँकी रहँदा ६५ अंक बनाएको छ भने चौथो स्थानको आर्सनलेको ६६ अंक छ। यी दुई टिमबीच चौथो स्थानको लागि प्रतिस्पर्धा भइरहेको छ।

kumari

‍तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा भने म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी रहेका छन्।

प्रकाशित: May 13, 2022| 09:58 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।