मंगलबार, फागुन १९, २०८२

भिनिसियसको ह्याट्रिकमा रियल मड्रिडको आधा दर्जन गोल

– स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगामा रियल मड्रिडले सानदार जित निकालेको छ। रि
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं – स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगामा रियल मड्रिडले सानदार जित निकालेको छ। रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले लेभान्टेलाई ६–० ले हराउँदै सानदार जित निकालेको हो।

रियलको जितका लागि भिनिसियस जुनियरले ह्याट्रिक पुरा गरे। ब्राजिलियन फरावर्ड भिनिसियसले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्।

त्यस्तै, रियलका लागि खेलको १३ औं मिनेटमा फरल्यान्ड मेन्डीले लुका मोड्रिचको पासमा गोल गरेका थिए। त्यस्तै, भिनिसियसको पासमा २० औं मिनेटमा बेञ्जिमाले गोल गरेका थिए।

त्यस्तै, मोड्रिचले नै अर्को पास उपलब्ध गराएपछि रोड्रिगोले खेलको ३५ औं मिनेटमा गोल गरेका थिए। यति भिनिसयसले चाहिँ मोड्रिच, बेञ्जिमा र लुका जोभिकको पासमा गोल गरेका थिए।

यो जितसँगै ला लिगाको उपाधि जितिसकेको रियल मड्रिडले दुई खेल बाँकी रहँदा ८४ अंक बनाएको छ। दोस्रो स्थानको बार्सिलोनाको ७२ अंक छ। यता बिहिबार राति पराजित भएको लेभान्टे भने तालिकाको पुछारमा छ।

kumari

ला लिगामा गएरातिकै खेलका रियल भालोकानोले भिल्लारियलसँग घरेलु मैदानमै ५–१ को ठूलो हार बेहोरेको छ। त्यस्तै, रियल सोसिडाडले कार्डिजलाई ३–० गोलले हराएको छ।

प्रकाशित: May 13, 2022| 09:55 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।