हुम्ला- हुम्लाको चंखेली गाउँपालिकाको एक मतदान केन्द्रमा झडप भएको छ। चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा गठबन्धन दल र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो।
झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य घाइते भएका छन्। उनीसँगै कार्यालय सहयोगी काला रावत र अर्का स्थानीय घाइते भएका छन्।
झपडले उग्र रूपमा लिएपछि सशस्त्र प्रहरीले आठ राउन्ड अश्रु ग्याँस प्रहार गरिएको छ। प्रमुख जिल्ला अधिकारी सीता परियारले केही समयका लागि मतदान स्थगित गरिएको बताएकी छन्। उनले स्थितिलाई नियन्त्रणमा लिएर केही बेरमा पुन: मतदान सञ्चालन हुने जानकारी दिएकी छन्।