सोमबार, साउन २५, २०८३

संकास्पद वस्तु डिस्पोज पारेसँगै बझाङमा मतदान सुरु

बझाङका दुई मतदान केन्द्रमा फेला परेको संकास्पद वस्तु डिस्पोज गरिएसँगै मतदान सुरु भएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

बझाङ- बझाङका दुई मतदान केन्द्रमा फेला परेको संकास्पद वस्तु डिस्पोज गरिएसँगै मतदान सुरु भएको छ। 

बझाङ सदरमुकाम रहेको जयपृथ्वी नगरपालिका-१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल-८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको थियो। 

दुवै स्थानका संकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेसँगै मतदान सुरु भएको प्रहरीले जनाएको छ।

जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसरकुकर बम जस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले अहिले जिल्लाका सबै स्थानको अवस्था सामान्य रहेको बताएका छन्।

प्रकाशित: May 13, 2022| 09:39 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।