बारा- बाराको देवताल गाउँपालिका-७ मा मतदानका क्रममा झडप भएको छ।
दुई पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ। झडपका कारण मतदान प्रक्रिया रोकिएको छ।
झडपका क्रममा एक जनाको टाउमा चोट लागेको बताइएको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन्।