धनगढी- बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका-३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेर फर्कने क्रममा उनी बेहोस भएका थिए। प्रहरी निरीक्षक दीपक विष्टले भाट मतदान स्थलबाहिर मुर्छा परेको र उनलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको बताए।