भक्तपुरमा पुनः डुबानमा परेको छ । आइतबारबाट अविरल रूपमा भएको वर्षापछि खोलाको सतह बढ्दा भक्तपुरका अधिकांश भाग डुवानमा परेका छन् ।
वर्षाका कारण हनुमन्ते र वाराही (सुर्य विनायक पट्टिको) खोलामा पानीको बहाब बढेको छ । नदी किनार छेउमा रहेका दर्जनौ घर डुबानमा परेका छन् ।
ठिमी, निकोसेरा, राधेराधेलगायतका क्षेत्र डुबानको मारमा छन् । यसअघि हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेका भक्तपुरबासी फेरि डुबानमा पर्दा त्रसित भएका छन् ।
डुबानका कारण पशुचौपाय तथा पहिलो तलामा बस्ने बढी प्रभावित भएका छन् ।
भक्तपुर डुबानको सामाजिक सञ्जालमा प्रकाशित भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४