सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दोलखाको बैतेश्वरमा तनाव : स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, मतदान स्थगित

दोलखाको बैतेश्वरमा तनाव : स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, मतदान स्थगित

दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडपको स्थिति आएपछि मतदान रोकिएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडपको स्थिति आएपछि मतदान रोकिएको छ।

स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाउनु परेको जनाएको छ।

पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान सुरु भएलगत्तै दुई पक्षबीच झडप भएको दोलखा प्रहरीले जनाएको छ। प्रहरीले वडा नम्बर २ मा हवाई फायर गरेको हो।

दोलखा बैतेश्वर गाउँपालिका १ र २ का मतदानस्थलमा कांग्रेस र एमाले दुवै पक्षले बुथ कब्जा गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो।

मतदाता आउने बाटो अवरोध गरेका कांग्रेस-एमाले कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेको प्रहरीको भनाइ छ।

प्रकाशित: May 13, 2022| 08:45 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।