काठमाडौं- सत्ता गठबन्धनबाट काठमाडौंको मेयर पदकी उम्मेदवार एवं कांग्रेस नेतृ सिर्जना सिंहले आफू विजयी हुनेमा ढुक्क रहेको बताएकी छन्।
काठमाडौंको नेपाल युवक माविबाट मतदान गरेकी सिंहले पत्रकारहरूसँग कुरा गर्दै आफू जित्नेमा ढुक्क रहेको बताएकी हुन्।
उनले आफू जित्नेमा ढुक्क रहेको र विजयी भइसकेपछि आफूले काठमाडौं महानगरपालिकालाई महानघर बनाउने प्रतिक्रिया दिएकी छन्। उनी नेता प्रकाशमान सिंहसँगै मतदान गर्न पुगेकी थिइन्।