बुधबार, असार ३१, २०८३

विष्णुडोलमा खस्यो बस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ललितपुर-लगनखेलबाट लुभु जाँदै गरेको बस विष्णुडोलमा दुर्घटना भएको छ ।
 
५० बढी यात्रु लिएर जाँदै गरेको बा३ख ७४८० नम्बरको बस अबिरल वर्षापछि आएको बाढीले कमजोर बनाएको सडकमा खसेको हो । साघुँरो सडकमा मोटरसाइकललाई साइट दिनेक्रममा सडकबाट खसेको हो । 

बसमा रहेका यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । खसेको बसबाट यात्रुहरु झ्यालबाट बाहिर निस्किएका थिए । 



ग्वार्को-इमाडोल हुँदै लुभु जाने सडक गोदावारी खोलामा आएको बाढीले अवरुद्ध भएपछि वैकल्पिक बाटोका रुपमा ग्वार्को-सानोगाउँ-विष्णुडोल हुँदै लुभु जाने कच्चि बाटोलाई प्रयोग गर्ने गरिन्छ । यो बाटो साँघुरो भएकाले ठूलो गाडी दुर्घटनामा परेको स्थानीयले बताएका छन् । 

यसैबीच रातभरको वर्षापछि महालक्ष्मी नगरपालिकाको लुभुस्थित गोदावरी खोलामा आएको बाढीले गोदावरी खोला तर्दै गरेको कार नै बगाएको छ । 
कारलाई बाहिर निकाल्न प्रहरीले प्रयास गरेपनि उक्त कार नदीमै अड्किएको अवस्थामा छ ।

तस्बिर : सनम महर्जन
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।