चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। चितवन शान्तिपुरस्थित पुलिस स्कुल पुगेर प्रचण्डले मतदान गरेका हुन्।
उनी पुत्री तथा भरतपुरकी मेयर उम्मेदवार रेनु दाहालसँगै बिहान ७ बजे मतदानका लागि शान्तिपुर पुगेका थिए।
उनले भरतपुर-१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेनु दाहालको उम्मेदवारी छ।
मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट मतदान गर्ने छिन्। उक्त मतदान केन्द्रबाट भोट दिनका लागि १ हजार ६ सय ७८ मतदाताको सूची रहेको छ।