सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज स्थानीय तह निर्वाचनको दिन कस्तो रहला देशभरको मौसम?

आज स्थानीय तह निर्वाचनको दिन कस्तो रहला देशभरको मौसम?

आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। देशभरका ७ सय ५३ वटा स्थानीय तहबाट मतदान हुनेछ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। देशभरका ७ सय ५३ वटा स्थानीय तहबाट मतदान हुनेछ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। जसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले देशभर पानी पर्नसक्ने सम्भावना रहेकाले ओत लाग्ने बस्तु लिएर मतदान गर्न जान आग्रह गरेको छ।

महाशाखाका अनुसार शुक्रबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षाको हुने महाशाखाको पूर्वानुमान छ। शुक्रबार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। 

प्रकाशित: May 13, 2022| 06:35 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।