शुक्रबार, कात्तिक १३, २०८३

निर्वाचनको वातावरण शान्तिपूर्ण बनाउन गृहको आग्रह

गृहमन्त्रालयले आज हुन लागेको स्थानीय तह सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- गृहमन्त्रालयले आज हुन लागेको स्थानीय तह सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी कसैको डर, धाक, धम्की तथा प्रलोभनमा नपरी मतदानमा सरिक भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई अनुरोध पनि गरेको छ। 'यसका बाबजुद कहीँ कतैबाट डर, त्रास, धम्की आएमा तथा असुरक्षा महसुस भएमा नजिकको स्थानीय प्रहरी एकाइ, प्रहरीको नम्बर १००, प्रजिअ वा प्रहरी प्रमुखलाई सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ', मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न १० हजार ७५६ वटै मतदानस्थलमा कर्मचारी सुरक्षाकर्मी खटनपटन तथा निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न भइसकेको पनि मन्त्रालयले सबैमा जानकरी दिएको छ।

मन्त्रालयले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी समन्वयात्मकरूपमा परिचालन गरी सबै मतदानस्थलमा भरपर्दो सुरक्षा व्यावस्था मिलाइएको जनाएको छ।

प्रकाशित: May 13, 2022| 06:23 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...