शुक्रबार, कात्तिक १३, २०८३

आज देशभर स्थानीय तह निर्वाचन, मतदान गर्न जाँदा यस्ता कुरामा ध्यान दिनुपर्छ

निष्पक्ष र भयरहित निर्वाचनका लागि मतदान गर्न जाँदा आयोगले प्रयोग नगर्नू र साथमा नबोक्नु भनेका सामग्री नलैजान आग्रह गरेको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं-  स्थानीय तह सदस्य निर्वाचन आज हुँदै छ। निर्वाचनलाई व्यवस्थित बनाउन निर्वाचन आयोगले मतदातालाई मतदान गर्न जाँदा विभिन्न नियम पालना गर्न आग्रह गरेको छ।

निष्पक्ष र भयरहित निर्वाचनका लागि मतदान गर्न जाँदा आयोगले प्रयोग नगर्नू र साथमा नबोक्नु भनेका सामग्री नलैजान आग्रह गरेको छ। 

राजनीतिक दल वा उमेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नपाइने आयोगले जनाएको छ। कुनै राजनीतिक दल वा उमेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक वा अन्य चिजवस्तु लगाउन, बोक्न वा देखाउन पाइने छैन। 

कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन पाइने छैन। मतदाता एवं आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न पाउने छैनन्।

मतदाताले मतदानकेन्द्रमा मतदान गर्न जाँदा मोवाइल क्यामेरा र फोटो खिच्ने सामग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थ, एसिड कुनै प्रकारको हात हतियार, नमुना मतपत्र लगायतका कागजातहरू बोक्न नपाइने आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न पाइने छैन। मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार फैलाउने वा कुनै अवरोध गर्ने काम गर्न अथवा गराउन नहुने जनाएको आयोगले कसैको दल वा उमेदवारको झण्डा वा चिह्न अंकित कुनै कुरा लगाउन, बोक्न वा प्रदर्शन गर्न नहुने आयोगले स्पष्ट पारेको छ। 

कसैको पक्ष विपक्षमा सामाजिक संजालमार्फत् कुनै कुरा प्रकाशन प्रसारण र संप्रेषण गर्न नहुने पनि आयोगले जनाएको छ।

प्रकाशित: May 13, 2022| 06:19 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...