आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • उमा कुङफुको युरोपियन च्याम्पियनसिपमा नेपालका दुई खलाडी सहभागी बन्ने

उमा कुङफुको युरोपियन च्याम्पियनसिपमा नेपालका दुई खलाडी सहभागी बन्ने

दुई खेलाडीसहित तीन सदस्यीय उमा कुङफुको नेपाली टिम उमा वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) को युरोपियन च्याम्पियनसिपमा सहभागी हुन इङल्यान्डको उर्स्टर जाने भएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– दुई खेलाडीसहित तीन सदस्यीय उमा कुङफुको नेपाली टिम उमा वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) को युरोपियन च्याम्पियनसिपमा सहभागी हुन  इङल्यान्डको उर्स्टर जाने भएको छ।

National life

मार्सल आर्टका विभिन्न खेल समावेश प्रतियोगिता आगामी मे १५ तारिखमा हुँदैछ। त्यसमा २ पुरुष खेलाडीले उमा कुङफुमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्। नेपालका तर्फबाट सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्। भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा आफ्नो कौशल प्रदर्शन गर्ने छन्।

सञ्जयले अस्ट्रियामा भएको वर्ल्ड च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका छन्। भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए।

अफिसियल तथा जजका रुपमा नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा टोलीसँगै इङल्यान्ड जाँदै छन्। अन्तर्राष्ट्रिय निर्णायक लामाले डेन्मार्क, जर्मनी, थाइल्यान्ड, अमेरिकालगायतका राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसकेका छन्। लामाले तयारी राम्रो भएकाले खेलाडीले तीनै स्पर्धामा स्वर्ण जित्ने अपेक्षा गरिएको बताए। भूपेन्द्र शुक्रबार जाने छन् भने बाँकी टोली शनिबार उड्ने कार्यक्रम छ

प्रकाशित: May 12, 2022| 17:34 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।