शुक्रबार, कात्तिक १३, २०८३

आठ जनालाई नइ पुरस्कार

नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा. सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा. सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट क्रियाशील प्राडा माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ ।

साथै नेपालको स्वाभिमान, राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन र प्रचारमा सदैव समर्पित भई मातृभूमिप्रति गरेको विशिष्ट योगदानका निम्ति भैरव रिसाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको छ ।

सामाजिक जागरण र जनचेतनाका लागि हास्य र व्यङ्य मार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्यत कलाकार सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ ।

नेपाली समालोचनाको परम्परालाई गतिशील, समृद्ध र उन्नत तुल्याउने ऐतिहासिक योगदान गरेबापत प्राडा दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’ समर्पण गरिने भएको छ ।

स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समर्पित रहँदै नेपालमा टेष्टट्युव चिकित्साको गुरुतर भूमिका, सफल प्रयोग र अनुकरणीय योगदानका लागि डा भोला रिजाललाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ । त्यसैगरी गीतिकविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाई जनमन छुन सफल प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गरिने भएको छ ।

साथै मैथिली तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेलेवापत डा रामदयाल राकेशलाई ‘नइ भाजप पुरस्कार’ समर्पण गरिने भएको छ । ताम्रपत्र सहित यी आठै वटा पुरस्कार जनही एक लाख रूपियाँ राशिका रहेका छन् ।

प्रकाशित: May 12, 2022| 17:20 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।