बुधबार, असार ३१, २०८३

गोदावरी खोलाले यसरी बगायो कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न खोलाहरुमा पानीको बहाब बढेको छ । पानीको बहाब बढेपछि खोला किनारमा रहेका सुकुम्बासी बस्तीमा डुवानको जोखिम बढेको छ । 

काठमाडौंको बागमती, विष्णुमती, भक्तपुर भएर बग्ने हनुमन्ते, ललितपुरको गोदावरी खोलामा पानीको सतह बढेको छ ।

पानी अझै पर्ने भएकालेले खोला किनारमा बसोबास गर्नेले उच्च सुरक्षा सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ । 

यसैबीच रातभरको वर्षापछि महालक्ष्मी नगरपालिकाको लुबुस्थित गोदावरी खोलामा आएको बाढीले गोदावरी खोला तर्दै गरेको कार नै बगाएको छ । 

गोदावरी खोलाले बगाएको गाडीलार्इ प्रहरी र स्थानीयको सक्रियतामा उद्धार गरिएको प्रहरी प्रभाव लुभुका इन्चार्ज भिमबहादुर श्रेष्ठले जानकारी दिए । 

सामाजिक सञ्जालमा नदीमा बग्दै गरेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस । 

गोदावरी खोलामा आएको बाढीले नदी नजिकै रहेका विद्यालय भवन जलमग्न भएका छन् । त्यस्तै लुभुको सानो गाउँ जाने बाटो अबरुद्ध भएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।