शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन सन्देश प्रवाह गर्न डा. भुसालले गरिन् सगरमाथा आरोहण

तीन सन्देश प्रवाह गर्न डा. भुसालले गरिन् सगरमाथा आरोहण

विश्वको सर्वोच्च शिखर सगरमाथा मार्फत समसामयिक महत्वपूर्ण तीन सन्देशहरू विश्वभर प्रवाह गर्ने उद्देश्यले डा. प्रीति भुसालले सगरमाथा आरोहण गरेकी छिन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९
National life
Shivam cement

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा मार्फत समसामयिक महत्वपूर्ण तीन सन्देशहरू विश्वभर प्रवाह गर्ने उद्देश्यले  डा. प्रीति भुसालले सगरमाथा आरोहण गरेकी छिन्। भुसालसहितको टोलीले विहिबार बिहान सगरमाथाको सफल आरोहण गरेको हो। 

कोभिड—१९ को लडाइँमा अग्रपंक्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको उनले बताइन्। ‘त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि मेरो सगरमाथा आरोहणको दोस्रो लक्ष्य हो,’ उनले भनिन्, ‘तेश्रो– हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि पनि एक जिम्मेवारी पर्वतारोहीको रूपमा हामीले सगरमाथा आरोहण गरेका हौं।’

भुसालको आरोहणको व्यवस्थापन हिमालयन सेपर्ड टिमले गरेको थियो। अर्घाखाँची स्थायी घर भएकी भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन्। 

प्रकाशित: May 12, 2022| 14:31 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।