सोमबार, साउन २५, २०८३

मौन अवधिमा कति नागरिक बाहिरिए उपत्यकाबाट?

स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ। मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७ सय ४१ जना यात्रुले काठमाडौं उपत्यका छोडेक‍ो ट्राफिक प्रहरीले जनाएको छ।

मौन अवधि सुरूदेखि बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाबाट १८ हजार सवारी साधनमा उक्त संख्यामा नागरिकहरू बाहिरिएका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ८३ हजार ६६० जना यात्रुले उपत्यका छोडेका छन्। उक्त अवधिमा ३५ हजार ६५७ जना यात्रु काठमाडौं भित्रिएका छन्। 

यसअघि २७ वैशाखमा ५९ हजार ८१ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए। त्यो अवधिमा भने ४२ हजार ८३२ जना काठमाडौं उपत्यका भित्रिएका थिए। २६ वैशाखमा ५० हजार ९३० जना यात्रु बाहिरिएका थिए। त्यस्तै २५ वैशाखमा ५५ हजार ७४६ जना यात्रुले काठमाडौं छोडेका थिए। 

शुक्रबार मतदानको दिन भने पास बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

प्रकाशित: May 12, 2022| 13:16 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।