सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ताप्लेजुङमा युवकको शव फेला, हत्या गरिएको योगेश भट्टराईको दाबी

ताप्लेजुङमा युवकको शव फेला, हत्या गरिएको योगेश भट्टराईको दाबी

ताप्लेजुङमा गएराति एक युवक मृत भेटिएका छन्। मिक्वाखोला गाउँपालिका-१ का २५ वर्षीय विमल कार्की मृत भेटिएका हुन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- ताप्लेजुङमा गएराति एक युवक मृत भेटिएका छन्। मिक्वाखोला गाउँपालिका-१ का २५ वर्षीय विमल कार्की मृत भेटिएका हुन्।

प्रहरीका अनुसार तेल्लावङ कन्स्ट्रक्सनमा जेसिबी चालक कार्की बुधबार साँझ दोभानबाट घर जाने भनेर हिँडेका थिए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईले काममा जान्छु भनेर हिँडेका युवक अबेरसम्म पनि नफर्किएपछि आफूहरूलाई राति साढे ११ बजे खबर आएको बताए।

खबर पाएपछि आफन्त, स्थानीय, प्रहरी र सशस्त्र सहितको टोलीले उनीहरूको खोजी गरेको थियो।  खोजी गर्दा साढे १२ बजे सडकभन्दा अन्दाजी ३०० मिटर तल भिरमा लडेको अवस्थामा उनी मृत फेला परेका थिए। 

प्रहरीले घटनाबारे अनुसन्नधान थालिएको जनाएको छ। शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै गरिएको प्रहरी नायब उपरीक्षक राईले बताए।

यता नेकपा एमालेका सचिव योगेश भट्टराईले भने कार्कीको अपहरणपछि हत्या भएको दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै  भट्टराईले भनेका छन्, '२०७९ वैशाख २८ गते साँझ ताप्लेजुङ जिल्ला मिक्वाखोला गाँउपालिका- १ खोक्लिङमा भोलि हुने निर्वाचनमा मतदान गर्न जाने क्रममा हाम्रो पार्टीका कार्यकर्ता विमल कार्कीलाई अपहरण गरी बेपत्ता बनाई शारीरिक र मानसिक यातना दिई क्रुरतापूर्वक हत्या गरेका छन्। निर्वाचनको अघिल्लो दिन भएको हत्या शंकास्पद छ र राजनीतिक पनि रहेको आशंका छ।'

उनले अपराधी र हत्यारालाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: May 12, 2022| 12:30 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।