शुक्रबार, असार ५, २०८३

डोटीमा जीप दुर्घटना, पाँच जना घाइते

डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। ६ वर्षीय बालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

धनगढी- डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। ६ वर्षीय बालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

National life

जोरायल गाउँपालिका-२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१-०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त खातीले दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका- ८ बस्ने ६ वर्षीय अंकित भण्डारी, १८ वर्षीय चित्रा ओझा, अमरगढी घर भई धनगढी- ५ बस्ने ३२ वर्षीय खगेश्वरी ओझा घाइते भएको बताए।

यस्तै, चालक अमरगढी नगरपालिका-७ बस्ने २४ वर्षीय मीनबहादुर ऐर र स्कारपीयोमा सवार कैलालीको गौरीगंगा नगरपालिका-२२ वर्षीय जीवन चौधरी घाइते भएका छन्। घाइतेहरूको उद्धार गरेर उपचारका लागि धनगढीतर्फ पठाइएको प्रहरीले जनाएको छ।

तीव्र गतिमा रहेको स्कारपीयो रुवसकाँडाको घुम्तीमा मोड्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: May 12, 2022| 12:21 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।