धनगढी- कैलालीको गोदावरी नगरपालिका-६ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
बुधबार राति करिब ११ बजे दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार झडपमा ६ जना एमालेका कार्यकर्ता र पाँच जना कांग्रेसका कार्यकर्ता घाइते भएका छन्।
एमाले वडा नम्बर १ अध्यक्षका उम्मेदवार शर्मानन्द भट्टसहितको टोली राति वडा नम्बर ६ मा पुगेपछि झडप भएको प्रहरीले जनाएको छ।