सोमबार, वैशाख ८, २०८२

कञ्चनपुरमा निर्वाचनको तयारी पूरा

निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९
nespernesper

रासस

रासस

बिहीबार, वैशाख २९, २०७९

vianetvianet

कञ्चनपुर- जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ।  

triton college

महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएर निर्वाचन अधिकृतलगायत कर्मचारी तीन सय ४१ मतदान केन्द्रमा मतपत्र र मत पेटिकालगायतका निर्वाचन सामग्रीसहित पुगेका हुन्। 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाइ सकिएको जानकारी दिए। 

'मतदान अधिकृत आ–आफ्नो केन्द्रमा पुगेर सर्वदलीय बैठकसमेत गरिसकेका छन्', उनले भने, 'निर्वाचनको सबै तयारी पूरा भइसकेको छ।' उनका अनुसार मतदान केन्द्रमा नयाँ मतदाता र हराएको भनी निवेदन दिएकालाई परिचयपत्र वितरणको कार्य भइरहेको छ।

तीन सय मिटरको क्षेत्रलाई मतदान केन्द्र तोक्ने, प्रचारप्रसार वा शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाश गर्ने, मादक पदार्थ निषेध गर्ने, मतदान केन्द्र निर्माण गर्ने कार्य भइरहेका छन्। कार्य विभाजन गर्ने र निर्वाचन प्रतिनिधिको नियुक्ति गर्नेलगायतका कार्यसमेत अगाडि बढाइएको छ।

National life insurance

जिल्लामा रहेको नौवटा पालिका रहेको कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ मतदाता रहेका छन्। जसमध्ये महिला मतदाता एक लाख ५२ हजार ११२ र पुरुष मतदाता एक लाख ४३ हजार २४१ रहेका छन्। हरेक मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटिएका छन्।

जिल्लाभरिका मतदान केन्द्रमा एक हजार ७०५ कर्मचारी खटिसकेका छन्। १३२ निर्वाचनस्थलमा ३४१ मतदान केन्द्र रहेका छन्। निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था पूरा भइसकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए। प्रजिअ पाण्डेका अनुसार निर्वाचन सुरक्षाका लागि कञ्चनपुरमा झण्डै तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालनको व्यवस्था गरिएको छ।  

यसैगरी प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मी परिचालन भइसकेको बताए। भयरहित वातावरणमा वैशाख ३० गतेको निर्वाचन सम्पन्न गराउन भरपर्दोरुपमा सुरक्षाकर्मीलाई खटाइएको उनले बताए। उनका अनुसार म्यादी प्रहरीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्वाचनको सुरक्षाका लागि खटाइएको छ।

जिल्ला सुरक्षा समितिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँगसित समन्वय गरेर निर्वाचन सम्पन्न गराउन सक्रिय भूमिका निभाउनका लागि कार्य गरेको उहाँको भनाइ रहेको छ।

प्रकाशित: May 12, 2022| 11:28 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...