शुक्रबार, असार ५, २०८३

'असानी'को असर कस्तो पर्छ मतदानको दिन?

बंगालको खाडीबाट सुरु भएको ‘असानी’ नामक चक्रवात नेपालसम्म आइपुग्दा खासै प्रभावकारी नरहने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– बंगालको खाडीबाट सुरु भएको ‘असानी’ नामक चक्रवात नेपालसम्म आइपुग्दा खासै प्रभावकारी नरहने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।

National life

आन्ध्र प्रदेशबाट सुरु भएको असानीका कारण भारतका पूर्वी भेगमा भारी वर्षा तथा हुरीबतास चलिरहेको छ। देशका अन्य भूभाग अत्यधिक गर्मीसँग जुझिरहँदा यहाँ भने केहि राहत पाएको स्थानीयको भनाइ छ।

भारतीय मौसम विभागका अनुसार अहिले असानी माछिलापतनमबाट ३० किलोमिटर दक्षिणपूर्व अनि नर्सापुरबाट ५० किलोमिटर दक्षिणपश्चिममा रहेको छ। असानी बिस्तारै उत्तरपूर्व तर्फ लाग्ने अनुमान भारतीय मौसम पूर्वानुमान विभागले लगाएको हो।

पश्चिम बंगालसम्म आइपुग्दा असानी कमजोर भइसक्ने हुँदा झापा, इलाम, तेह्रथुम लगायतका नेपालका पूर्वी जिल्लाहरुमा यसले खासै प्रभाव पार्ने छेन। स्थानीय चुनावमाझ असानीले देशको मौसममा आंशिक बदलीमात्र ल्याउने मौसम पूर्वानुमान महाशाखाको बुलेटिनले जनाएको हो।

महाशाखाका अनुसार वैशाख ३० गते शुक्रबारको देशभरको मौसम यस्तो रहनेछः

Shivam cement

दिउँसो (बिहान ६ देखि साँझ ६ बजेसम्म)

प्रदेश १, मधेश प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 राती (साँझ ६ देखि भोलीपल्ट बिहान ६ बजेसम्म)

प्रदेश १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश १ का केही स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक९दुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। 


प्रकाशित: May 12, 2022| 10:41 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।