सोमबार, साउन २५, २०८३

ताप्लेजुङमा एक युवक मृत फेला

मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा एक युवक मृत भेटिएका छन्। स्थानीय बिमल कार्की दुम्जा भीरमा मृत भेटिएका हुन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

ताप्लेजुङ- मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा एक युवक मृत भेटिएका छन्। स्थानीय बिमल कार्की दुम्जा भीरमा मृत भेटिएका हुन्। 

उनको शव गए राति फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशाराम कार्कीले बताए। कार्कीका अनुसार बिमल रातीसम्म पनि घर नआएपछि परिवारसहित स्थानीयले खोज्न सुरु गरेको थिए।

हान्द्रुङबाट उकालो जाने बाटोमा जुत्ता र झोला साथै बाटोमुनि भीरमा उनलाई मृत भेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा ईलाका प्रहरी कार्यलय दोभानका प्रहरी निरीक्षक सहितको टोली बिहानै पुगेको थियो।

जिल्ला प्रहरी कार्यलय ताप्लेजुङबाट पनि थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 12, 2022| 09:59 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।