शुक्रबार, असार ५, २०८३

एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते

सिन्धुपाल्चोकमा एमाले र कांग्रेस कार्यकर्ताबीभ झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा एमाले र कांग्रेस कार्यकर्ताबीभ झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्।  

National life

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-३ पाचोकस्थित इसुङमा भएको झडपमा परी एक जना भने गम्भीर घाइते भएका हुन्।

बुधबार राति स्थानीय खेञ्जो तामाङको घरमा ढुंगा हानेको निहुँमा झडप भएको प्रहरीले जनाएको छ। उनको घरमा ढुंगा हानेको विषयमा वादविवाद हुँदा मानदोर्जे तामाङसँग झगडा भएको थियो।

खेञ्जो एमाले समर्थक हुन् भने मानदोर्जे एमाले समर्थित हुन्। झगडा हुँदा खेञ्जोको टाउको, ढाड र हातमा चोट लागेको छ। त्यस्तै मानदोर्जेको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि नगर अस्पताल मेलम्ची लगिएको छ।

प्रकाशित: May 12, 2022| 09:14 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।