आइतबार, मंसिर ७, २०८२

मर्सको अलराउन्ड प्रदर्शनमा राजस्थानविरुद्ध दिल्लीको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटलले राजस्थान रोयल्सलाई आठ विकेटले हराएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटलले राजस्थान रोयल्सलाई आठ विकेटले हराएको छ। बुधबार राति डिवाई पाटिल रंगशालामा सम्पन्न भएको खेलमा दिल्लीले ११ बल बाँकी रहँदै १६१ रनको लक्ष्य पुरा गरेर आठ विकेटको जित निकालेको हो।

National life

पहिले ब्याटिङ गरेको राजस्थानले पुरा ओभर खेल्दै छ विकेट गुमाएर १६० रन बनाएको थियो। जवाफमा दिल्लीले दुई विकेट मात्र गुमाएर १८ ओभर एक बलमै लक्ष्य पुरा गरेको हो।

दिल्लीको जितका लागि मिचेल मर्सले ६२ बलमा ८९ रन बनाएका थिए। त्यति मात्र होइन उनले पहिलो पारीमा पनि राजस्थानको महत्वपूर्ण दुई विकेट गिराएका थिए। मर्सको हातबाट यसश्वी जैसवाल र रविचन्द्र अश्विन आउट भएका थिए। उनीहरूले खेलमा क्रमशः १९ र ५० रन बनाए।

दिल्लीका लागि डेविड वार्नरले पनि ५२ रनको योगदान दिए। त्यस्तै, पहिलो पारीमा डेवदत्त पडिक्कलले पनि ४८ रनको योगदान दिएका थिए। यता राजस्थानका चेतन शकारिया र एनरिच नोर्कियाले पनि समान २/२ विकेट गिराए।

यो जितसँगै दिल्लीले १२ खेलबाट १२ अंक बनाएको छ। तालिकाको शीर्षस्थानमा रहेको गुजरात भने १८ अंक बनाउँदै प्ले अफमा पुगिसकेको छ। प्ले अफमा पुग्नका लागि अब तीन ठाउँ मात्र बाँकी छ।

Laxmi sunrise bank
kumari

पाँचौँ स्थानमा रहेको दिल्ली प्ले अफका लागि स्थान सुरक्षित गर्ने प्रतिस्पर्धामा रहेको छ। आईपीएलको सर्वाधिक विजेता मुम्बई इन्डियन्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ। गएराति पराजित राजस्थान रोयल्स भने तालिकाको तेस्रो स्थानमा छ।

प्रकाशित: May 12, 2022| 08:38 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।