आइतबार, मंसिर ७, २०८२

ईपीएलमा चेल्सी र म्यानचेस्टर सिटीको सानदार जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी र म्यानचेस्टर युनाइटेडले बुधबार राति सानदार जित निकालेका छन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी र म्यानचेस्टर युनाइटेडले बुधबार राति सानदार जित निकालेका छन्।

National life

लिड्स युनाइटेडको मैदानमा सम्पन्न भएको खेलमा घरेलु टिम लिड्सलाई चेल्सीले ३-० ले हराउँदै जित निकालेको हो।

चेल्सीको जितका लागि मेसन माउन्ट, क्रिस्टियन पुलिसिच र रोमेलु लुकाकुले समान १-१ गोल गरे।

खेलको चौथो मिनेटमै माउन्टले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। यससँगै चेल्सी पहिलो हाफमा एक गोलले अघि रह्यो। यता लिड्सका डेनियल जेम्सले भने पहिलो हाफको २४औं मिनेटमै रेर्ड कार्ड बेहोरेर बाहिरिएका थिए।

त्यस्तै, पुलिसिचले ५५औं मिनेट मा र लुकाकूले ८३औं मिनेटमा गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

बुधबार रातिकै अर्को खेलमा भने म्यानचेस्टर सिटीले उल्भ्ससँग ५-१ को फराकिलो जित निकालेको छ। उल्भ्सको मैदानमा लियन्डरले खेलको ११औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरी गरे पनि उसले त्यसलाई निरन्तरता दिन सकेन।

सिटीको जितमा केभिड डिब्रुएनाले ह्याट्रिकसहित चार गोल गरे। उनले खेलको सातौं, १६औं, २४औं र ६०औं मिनेटमा गोल गरेका थिए। यता रहिम स्टार्लिङले पनि खेलको ८४औं मिनेटमा गोल गरे।

यो जितसँगै सिटीले ईपीएलमा स्पष्ट तीन अंकको अग्रता बनाएको छ। उसले ८९ अंक बनाउँदा दोस्रो स्थानको लिभरपुलको ८६ अंक छ। एक अंकले पछि परेको अवस्थामा लिभरपुलले टोटेनहम हट्स्परसँग बराबरी खेल्दै दुई अंक गुमाएको थियो। यसकारण लिभरपुल तीन अंकले पछि परेको हो।

म्यानचेस्टर सिटी उपाधिभन्दा एक खेल मात्र टाढा रहेको छ।

प्रकाशित: May 12, 2022| 08:10 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।