बझाङ- बझाङमा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ। सुर्मा–५ सैनगाउँमा दुवै पार्टीका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।
झडपमा नेकपा एमालेका एक जना कार्यकर्ताको आँखामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
सुर्मा गाउँपालिकाको सैनगाउँस्थित धौलदेउ आधारभूत विद्यालयमा बुधबार दिउँसो साढे ४ बजे झडप भएको प्रहरीको भनाइ छ। झडपमा एमाले कार्यकर्ता रामबहादुर बोहराको दाहिने आखाँमा चोट लागेको छ।
अशक्त, अपांग व्यक्तिहरुको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच सामान्य झडप परेको प्रहरीले जनाएको छ।