शुक्रबार, असार ५, २०८३

डोटीमा बस दुर्घटना, २६ जना घाइते

कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। दुर्घटनामा परी २६ जना घाइते भएको डोटीका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले बताए।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

धनगढी- कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। दुर्घटनामा परी २६ जना घाइते भएको डोटीका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले बताए।

National life

'दुर्घटनामा २६ जना घाइते भएका छन्। उनीहरू मध्ये ६ जनालाई अलि बढी चोट लागेको छ। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइसकिएको छ। कोही पनि गम्भीर प्रकृतिका छैनन्। अन्यलाई पनि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको छ,' चौधरीले भने।

बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको उनले बताए।

बसमा सवार ३० जना सवार रहेकोमा २६ जना घाइते भएको उनले बताए। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: May 12, 2022| 06:53 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।