बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजको छापाः सहुलियतबिना गरिबको छापदेखि ड्रोन आक्रमणबाट राष्ट्रपति जोगिएको खबरसम्म

आजको छापाः सहुलियतबिना गरिबको छापदेखि ड्रोन आक्रमणबाट राष्ट्रपति जोगिएको खबरसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–सोमबार राजधानीबाट प्रकाशित दैनिक समाचारले जाजरकोटको पहिरोमा परी आठ जना मृत्यु तथा एक जना बेपत्ता भएको, ओमप्रकाश मिश्र कायममुकायम प्रधानन्यायाधीश भएकोलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् । 

नयाँ पत्रिका दैनिकले सहुलियतबिना गरिबको छाप शीर्षकमा अपहेलित हुने गरी गरिबको परिचयपत्र बाँडिँदै, तर सहुलियत के दिने टुंगो नै नरहेको खबरलाई मुख्य समाचार बनाएको छ । त्यस्तै संसदलाई बिजनेस अभाव भएको, ओमप्रकाश मिश्र कामु प्रधानन्यायाधीश भएको खबरलाई मुख्य पृष्ठमा छापेको छ । 

कान्तिपुर दैनिकले जाजरकोटको पहिरोमा परी नौ जनाको मृत्यु भएको, ओमप्रकाश मिश्रले सवोच्च सम्हालेको, बेरोजगारलाई निर्वाह भत्ता दिने सरकारको तयारी, भेनेजुएलाका राष्ट्रपति ड्रोन आक्रमणबाट जोगिएको, पर्वतका किसानले घरबाटै गोरुको बिमा गर्न सक्ने व्यवस्था मिलाइएकोलगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ । 

नागरिक दैनिकले प्रहरीले नूरप्रसाद र गंगामायाको भेट गराएको, सिक्टा सिँचाई आयोजनामा मूल नहरको संरचना अत्यन्त जीर्ण भएको, जाजरकोटको पहिरोमा सात बालबालिकासहित आठको मृत्यु भएको खबरलाई छापेको छ । 

त्यस्तै आजको कारोबार दैनिकले १९ आयोजनाका एक खर्बको सेयर नागरिकलाई दिइने, छथरमा बसाइँ सर्नेलाई इनामको व्यवस्था गरिएको, निरीक्षकलाई तीन लाखसम्म जरिवानाको अधिकारलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।