शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ११ हजार भोल्टको करेन्ट लागेर उदयपुरमा महिलाको मृत्यु

११ हजार भोल्टको करेन्ट लागेर उदयपुरमा महिलाको मृत्यु

जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

उदयपुर- जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।

National life

उदयपुरको कटारी नगरपालिका वडा नम्बर-८ मा ११ हजार भोल्टको करेन्ट लागेर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घाँस काटेर आउँदै गर्दा कटारी नगरपालिका-८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षीय गंगामाया खत्रीको ज्यान गएको हो।

घाँस बोकेर आउँदै गर्दा बाटोमा रहेको फलामको पोलमा छुन पुग्दा ११ हजार भोल्टको करेन्ट लागेर उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। उकालो बाटोमा हिंड्ने क्रममा बाटोको नजिकै रहेको पोलमा करेन्ट लागेको हो। 

इलाका प्रहरी कार्यालय कटारीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: May 12, 2022| 06:41 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।