शनिबार, साउन १२, २०८१

मोदी किन आउँदैछन् लुम्बिनी?

प्रधानमन्त्री बनेपछि भएका प्रत्येक भ्रममाण उनी लुम्बिनी भ्रमण गर्न चाहेको बताउने गरेका थिए। यसपटक भने भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमेत जेठ २ गतेदेखि नै नियमित उडान हुने भएसँगै मोदीलाई लुम्बिनी भ्रमणको अवसर जुटाइएको हो।
 |  बुधबार, वैशाख २८, २०७९

किशोर दाहाल

किशोर दाहाल

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- जेठ २ गते बुद्धजयन्तिको अवसर पारेर भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी नेपालको लुम्बिनी भ्रमणमा आउँदै छन्। भारतीय प्रधानमन्त्री बनेपछि मोदीको यो पाँचौं नेपाल भ्रमण हो। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेको डेढ महिनामा नै भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउन लागेका हुन्। मोदीको भ्रमणलाई धार्मिक तथा सांस्कृतिक भनिएको छ। यसपटकको नेपाल भ्रमणमा मोदी काठमाडौं आउने कार्यक्रम तय भएको छैन। 

triton college

चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेका थिए। त्यसक्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी महत्वपूर्ण चार सम्झौता भएको थियो। त्यसैक्रममा उनले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। 

प्रधानमन्त्री बनेपछि भएका प्रत्येक भ्रममाण उनी लुम्बिनी भ्रमण गर्न चाहेको बताउने गरेका  थिए। यसपटक भने भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमेत जेठ २ गतेदेखि नै नियमित उडान हुने भएसँगै मोदीलाई लुम्बिनी भ्रमणको अवसर जुटाइएको हो। 

भारतले गौतम बुद्ध भारतमा जन्मिएको भन्ने विवादस्पद अभिव्यक्ति दिइरहेको समयमा उनले गरेको यो भ्रमणले उक्त भ्रम तोड्ने सहयोग पुग्ने बताइएको छ। मोदीको भ्रमणले भारतले नेपालसँग धार्मिक तथा सांस्कृतिरुपमा आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको रुपमा हेरिएको छ। अन्तर्राष्ट्रिय रुपमा नै बौद्ध भिक्षु तथा धर्मावलम्बी, भारतीय बौद्धमार्गी तथा हिन्दूहरुलाई समेत लुम्बिनी भ्रमणको सन्देश मोदीको भ्रमणले दिने विश्वास गरिएको छ। 

धार्मिक तथा सांस्कृति कूटनीतिलाई भारतले उच्च प्राथमिकतामा राखेको सन्देश यस भ्रमणमा मार्फत मोदीले दिन चाहेको वाग्लेको भनाइ छ। 

भारतीय प्रधानमन्त्री मोदीले लुम्बनी भ्रमणलाई कूटनीतिक विजयका रूपमा अर्थ्याउने परराष्ट्र मामिलाका जानकार गेजा शर्मा वाग्ले बताउँछन्। 'भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमण कुटनीतिक रुपमा नेपालको विजय हो। मोदीको लुम्बिनी भ्रमणले भगवान गौतमबुद्धको जन्मस्थानको विवाद अन्त्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा जानेछ। यो भ्रमणमार्फत भारतले धार्मिक सांस्कृति सम्बन्ध, धार्मिक पर्यटन प्रवर्द्धन, पारिस्पारिक कूटनीतिक सम्बन्ध सुधारका रुपमा महत्वपूर्ण छ,' उनले भने। धार्मिक तथा सांस्कृति कूटनीतिलाई भारतले उच्च प्राथमिकतामा राखेको सन्देश यस भ्रमणमा मार्फत मोदीले दिन चाहेको वाग्लेको भनाइ छ। 

Metro Mart
vianet

बुद्ध पुर्णिमाका दिन भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले धार्मिक पर्यटन प्रवर्द्धनका साथै दुई देशबीच सद्भाव र विश्वास बढाउन महत्वपूर्ण हुने अर्का कूटनीतिज्ञ डा. दिनेश भट्टराई बताउँछन्। 'भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले नेपाल र भारतबीचको पारिस्पारिक सदभाव र विश्वास बढाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने देखिन्छ,' उनले भने। 

२०१४ मा म्यानमारमा भएको बिम्स्टेक सम्मेलनमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले बुद्धिस्ट सर्किटको अवधारणा अघि सारेका थिए। मोदीको लुम्बिनी भ्रमणका क्रममा उक्त विषयलाई उठाउनुपर्ने डा भट्टराईको सुझाव छ। 

'बर्मामा भएको बुद्धिस्ट सर्किटको अवधारणा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उठाउनु भएको थियो। लुम्बिनीलाई हामीले भारतको सारनाथ, कुशीनगर र बोधगयालाई छोड्न सक्दा यसले हाम्रो धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने देखिन्छ। यो भ्रमणले उक्त अन्तरआबद्धतालाई जोड मद्दत गर्ला भन्ने लाग्छ,' उनले भने।

डेढ महिनाअघि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा बनासर पुगेर पूजापाठ गरेका थिए। उनको स्वागतमा उत्तरप्रदेश मुख्यमन्त्री योगी आदित्यनाथ समेत उपस्थित थिए।

प्रकाशित: May 11, 2022| 20:06 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...