आइतबार, वैशाख ३०, २०८१

कारबाहीमा परेका थापा नै दिँदैछन् कारबाहीको चेतावनी

त्यस्तै हमामबाट प्राप्त भएको सो रकम उनले सामाजिक कार्यमा खर्च गरेको दाबी गरेका छन्। यो कुराबाट आफूलाई मर्का नपरेको र अहिलेका एन्फा अध्यक्ष कर्माको लगाएको अरोपबारे मात्र असन्तुष्टि रहेको बताए।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव आउन अब ४० दिन बाँकी छ। यस्तोमा एन्फाका पूर्वअध्यक्ष गणेश थापाले पत्रकार सम्मेलन गरेर अहिलेका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।

triton college

त्यसो त, थापाले केही वर्षअघिबाट नै सामाजिक सञ्जालमा आफलाई लागेको भ्रष्टाचारको आरोप प्रमाणित गर्न चुनौती दिँदै आएका थिए। तर ती चुनौती सामाजिक सञ्जालमा मात्र सीमित थिए।

थापा नै एन्फाको अध्यक्ष हुँदा उपाध्यक्ष रहेका कर्माले थापाविरुद्ध विभिन्न विषयमा भ्रष्टाचार गरेको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छ। ‘अख्तियारमा मुद्दा हालेका थिए। तर प्रमाण पुग्यो त? प्रमाण पुगेको भए मलाई कारबाही भइहाल्थ्यो नि?’ थापाले पत्रकार सम्मेलनमा प्रश्न गरेका छन्।

उनलाई अख्तियारले कारबाही नगरे पनि फिफा र एएफसीले १० वर्षका लागि फुटबल प्रतिबन्ध भने लगाइसकेको छ। तर कर्माले लगाएको आरोप र फिफा/एएफसीले लगाएको प्रतिबन्ध फरक भए पनि एकै भनेर प्रभार गर्दै भ्रम छरेको आरोप थापाले लगाउँदै आएका छन्।

उनले पत्रकार सम्मेलनमा पनि त्यही कुरा फेरि एकपटक भने। ‘फिफाले लगाएको प्रतिबन्ध त मैले स्वीकार गरेकै छु। त्यसमा मेरा चित्त दुखाई पनि छैन। फिफाले लगाएको प्रतिबन्ध त मैले स्वीकार गरेकै छु। त्यसमा मेरा चित्त दुखाई पनि छैन। तर यहाँ नेपालमा मलाई २०औं विषयमा गर्दै नगरेको भ्रष्टाचारी बनाइएको छ,’ थापाले भनेका छन्।

corrent noodles
Metro Mart

एएफसी प्रेसिडेन्टको अध्यक्षमा उम्मेदवारी दिएका मोहम्मद विन हमामबाट उनका छोरा आविष्कार थापाको खातामा १ लाख डलर जम्मा भएको थियो। एएफसी अध्यक्षको निर्वाचनअघि थापाको छोराको खातामा उम्मेदवारका तर्फबाट पैसा जम्मा भएपछि फिफाले यो विषयमा अध्ययन गरेको थियो।

त्यस्तै हमामबाट प्राप्त भएको सो रकम उनले सामाजिक कार्यमा खर्च गरेको दाबी गरेका छन्। यो कुराबाट आफूलाई मर्का नपरेको र अहिलेका एन्फा अध्यक्ष कर्माको लगाएको अरोपबारे मात्र असन्तुष्टि रहेको बताए।

त्यसपछि भोट किन्नका लागि सो रकम नेपाल आएको निष्कर्ष निकाल्दै फिफाले गणेश थापालाई फुटबलका कुनै पनि गतिविधिबाट १० वर्षका लागि प्रतिबन्ध लगाएको छ। यस्तोमा उनले फुटबलकै विषयलाई लिएर पत्रकार सम्मेलन गरेका छन्। सो सम्मेलनमा उनले भने, ‘त्यो पैसा मैले भोटको लागि लिएको पनि थिइनँ। तर फिफाले त्यसलाई लिएर कारबाही गर्‍यो। हमामले सबैलाई सहयोग गर्दै आएका थिए। साथीका नाताले मलाई पनि सहयोग गरेका हुन्। आज लाग्छ त्यो पैसा नलिएको भने हुनेरहेछ।’

त्यस्तै हमामबाट प्राप्त भएको सो रकम उनले सामाजिक कार्यमा खर्च गरेको दाबी गरेका छन्। यो कुराबाट आफूलाई मर्का नपरेको र अहिलेका एन्फा अध्यक्ष कर्माको लगाएको अरोपबारे मात्र असन्तुष्टि रहेको बताए।

त्यसो त कर्माले विभिन्न सञ्चारमाध्यम, सार्वजनिक रुपमा र बैठकमा बोलेको कुरा पनिको रेकर्ड पनि थापाले प्रस्तुत गरेका छन्। उनले राखेको भिडियोका कर्माले उनलाई लगाएका विभिन्न आरोपहरु देखिन्छन्।

यी आरोपबारे कर्माले थापासँग माफी मागेको पनि उनको दाबी छ। ‘त्यतिखेर एन्फाको बैठक हुँदा कर्माजीले माफी पनि माग्नु भएको थियो। तर त्यसको तीन घण्टा नवित्दै उहाँले त माफी मागेको होइन भन्ने कुरा गर्नुभयो। यस्तो मान्छेले लगाएको अरोप कसरी सही हुन्छ ?’ थापाले कर्मासामू प्रश्न गरेका छन्।

कर्माले थापालाई लगाएका अरोप
१. गोल्ड प्रोजेक्ट अन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको तथा नगरपालिकाहरुले दिएको रकमहरु पनि अडिटमा नदेखाएको र ठुलो आर्थिक अनियमितता भएको

२. एन्फामा फिक्स डिपोजिटमा जम्मा गरिएको ८ करोड रुपिया गैरकानुनी तरिकाले जम्मा गरेको र गैरकानुनी तरिकाले एन्फाको रकम व्याजमा लगाएको

३. एन्फालाई आएको रकम आफ्नो श्रीमती र छोराहरुको नाममा राखी अनियमितता गरेको

४. खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुप्रयाको स्रोत नखुलेको ५. साथी भन्ने संस्थालाई १ लाख ५० हजार डलर दिएको

६. एन्फाको रकम ३२ प्रतिसतमा ब्याजमा लगाएको

७. रंगशालामा दर्शकबाट उठेको २८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको र अडिटमा नदेखाएको

८. सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको

९. कतार फुटबल संघले ८ लाख डलर दिएकोमा एन्फाको खातामा २ लाख हजार डलरमात्र जम्मा गरेर अन्य रकम हिनामिना गरेको

१०. एएफसीबाट प्रशिक्षकलाई आएको रकम अडिटमा नदेखाएको

११. साफ च्याम्पियनसिपको दौरानमा २ करोड ५० लाख रुपैयाँ आम्दानी भएकोमा जम्मा ८५ लाख मात्र एन्फाको अडिटमा देखाएको र आर्थिक हिनामिना गरेको ।

१२. भ्रष्टाचार गरेको ६० करोड रुपैयाँ खेलाडी कल्याण कोषमा जम्मा गर्ने र मलाई जेलमा हाल्ने

१३. अरेन्ज प्रोजेक्ट र सुनामी प्रोजेक्टमा समेत संलग्नता रहेको

१४. एन्फा कम्प्लेक्स आफ्नै साधन स्रोतबाट बनाउँदा नेपालमा २ करोड १८ लाख देखाएर फिफामा ३ करोडको हिसाब पेस गरेको र  त्यसबाट ६० लाख हिनामिना गरेको। 

के यो एन्फा चुनावलक्षित हो?
एन्फाको चुनाव मुखमै आएको छ। अहिले स्थानीय तहको चुनावका कारण एन्फाको निर्वाचन हुने साधारणसभाको चर्चा कम छ। यद्यपि जिल्ला, र एन्फासम्बन्धी विभिन्न संघको चुनाव सकिएका छन्।

यता नेपाली राष्ट्रिय टिमका १० सिनियर खेलाडीले पनि बन्द प्रशिक्षण छोडेका छन्। तर चुनावकै कारण अहिलेका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो विषयमा कुरा गर्न नचाहेको खेलाडीले कुरा उठाउँदै आएका छन्।

थापाको चुनावलक्षित रणनीति हो त? जवाफमा थापा भन्छन्, ‘होइन। कर्माको कार्यकालको समयमा मैले उहाँलाई चुनौती दिँदै आएको थिएँ। तर कार्यकाल सकिन लाग्दा पनि उहाँले लगाएको आरोपको प्रमाण पुर्‍याउन सक्नु भएन। निर्वाचन पछि जे पनि हुनसक्छ त्यसैले एन्फाको सबै कागजात उहाँसँग हुँदै मैलै यो अन्तिम चुनौती दिएको हो।’

उनले सामाजिक सञ्जालमा त यस्तो चुनौती कयौँ पटक दिइसकेका छन्। अब भने कारबाही नै थाल्ने थापा बताउँछन्। भन्छन्, ‘मैले एन्फामा जान त मिल्दैन। तर एन्फा विधानको धारा ८ र फिफा कोड अफ इथिक्स आर्टिकल ५८ अनुसार अब म उहाँलाई कारबाही गर्न माग गर्नेछु।’

धारा ८ मा एन्फाका सबै पदाधिकारी र सदस्यले फिफाको नियम पालना गर्नुपर्ने नियम छ। त्यस्तै आर्टिकल ५८ मा एन्फाका कुनै पदाधिकारी र सदस्यलाई विना आधार कुनै आरोप लगाउन पाइँदैन। आरोप प्रमाणित नभए आरोप लगाउने व्यक्तिले कारबाही भोग्नुपर्छ।

यसैको आधारमा उनले एन्फा, राखेप, मन्त्रालयदेखि आवश्यक परे फिफासम्म जाने र कर्मालाई कारबाही गराइछाड्ने दाबी गरे। 

यता कर्मा भने एन्फामा दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा चुनाव लड्ने तयारीमा छन्। उनका प्रतिद्वन्द्वी पंकज विक्रम नेम्बाङ हुने भएका छन्। दुवै उम्मेदवारबीच सहमति नभए असार ६ गने चुनाव हुनेछ। त्यही चुनावलाई प्रभावित पार्ने गरी थापाले बुधबार पत्रकार सम्मेलन गरेको टिप्पणी भइरहेको छ। थापाले जेठ ३ गतेबाट कर्माविरुद्ध कारबाही सुरु गर्ने चेतावनी पनि दिएका छन्। 

‘अहिले स्थानीय तहको चुनाव हुँदैछ। अब यो सकिएपछि जेठ तीन गतेबाट म कर्मालाई कारबाही गराउने गरी सबैतिर अपिल गर्नेछु। यसको बारेमा छानबिन हुन पर्‍यो र दोषीलाई कारबाही हुनुपर्‍यो,’ थापाले अबको कदम र मागबारे भनेका छन्।

यता फुटबलसँग सम्बन्धित कुनै कार्यमा संलग्न नुहुने गरी कारबाही भोगिसकेका थापाले ग्रासरुटका कार्यक्रमका लागि फिफालाई पत्रचार गरेका थिए। ‘लामै समय भइसकेको छ तर त्यो पत्रको जवाफ आएको छैन। गर पनि भनेको छैन नगर पनि भनेको छैन,’ थापाले भने।

यता एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको पनि भनाइ त्यस्तै छ। फिफाको कारबाहीअनुसार थापाले फुटबलका विषयमा पत्रकार सम्मेलन पनि गराउन पाँदैनन्। र, कारबाहीमा परेको विषयबारे बोल्न नमिल्ने शेर्पा बताउँछन्।

प्रकाशित: May 11, 2022| 18:30 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।