आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्व बक्सिङ च्याम्पियनसिपको प्रतिस्पर्धात्मक खेलमा सुष्मा पराजित

विश्व बक्सिङ च्याम्पियनसिपको प्रतिस्पर्धात्मक खेलमा सुष्मा पराजित

टर्कीको इस्तानबुलमा जारी आइवा उमन वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ मंगोलियन खेलाडी लान्चिव योनसँग ३–२ को स्पिलट डिसिजनमा पराजित भएकी छन्।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– टर्कीको इस्तानबुलमा जारी आइवा उमन वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ मंगोलियन खेलाडी लान्चिव योनसँग ३–२ को स्पिलट डिसिजनमा पराजित भएकी छन्। 

National life

सन् २०२२ को मे ९ तारिखदेखि सञ्चालन भइरहेको वर्ल्ड च्याम्पियनसिपमा ४६ देखि ४८ तौल समूह अन्तर्गतको फाइटमा सुष्मा पराजित भएकी हुन्। सुष्माले सानदार फाइट फाइट प्रस्तुत गरेपछि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। उनले मंगोलियन खेलाडीविरुद्ध जितको लक्ष्य राखेर फाइट सुरु गरेका थिइन्।

उत्साहसाथ रिङमा छिरेकी शुष्माले पहिलो राउण्डमा दोस्रो र तेस्रो राउण्डको तुलनामा कम पन्च प्रहार गरिन् र डिसिजन ३–२ को आधारमा मंगोलियाको पक्षमा भयो। दोस्रो राउण्डमा उसले सुधार गरे पनि उसको लेफ्ट गार्ड खुल्ला र तल झरेका कारण फाइदा योनले केही स्कोर सजिलै गर्न सफल भइन्।

सुष्माविरुद्ध बलियो गार्ड राखेर खेलेकी मंगोलियन योनलाई जजले विजेता घोषणा गरेका थिए। सुष्माको तेस्रो राउण्ड पहिलो र दोस्रोको तुलनामा सानदार रह्यो। उनको लिडिङ हात तल झार्नु, पहिलो राउण्डमा ढिलो हुनु नै समग्रमा खेलमा पछाडि पर्नुको मुख्य कारण थियो।

स्तानबुलमा जारी बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडी सहभागी भएका छन्। ५० देखि ५२ किलो तौल समूहमा रहेकी मिनु गुरुङले जापानका आर किनोशितासँग बुधबार नै प्रतिस्पर्धा गर्दैछिन् । 

Laxmi sunrise bank
kumari

बुधबारकै अर्को खेलमा भने चन्द्रकला थापाले भारतीय खेलाडी मनिसासँग ५४ देखि ५७ किलो तौल समूहमा प्रतिस्पर्धा गर्दै छिन्। ५७ देखि ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले भने यो चरणमा खेल्ने छैनन्। पहिलो चरणमा बाई पाएकी पुनमले ग्रिस र मोरक्कोबीचको विजेतासँग आइतबार खेल्नेछिन्।

प्रकाशित: May 11, 2022| 17:39 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।