बुधबार, चैत ४, २०८२

कोभिड अपडेट : थप २१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

National life

एन्टिजेन र पीसीआर विधिबाट ३ हजार ७८८ नमुनाको परीक्षण हुँदा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

गत २४ घण्टामा ३ हजार ७० जनाको पीसीआर र ७१८ जनाको एन्टिजेन परीक्षण भएको थियो। पीसीआर परीक्षणबाट १८ र एन्टिजेन परीक्षणबाट ३ जनामा संक्रमण पुष्टि मन्त्रालयले जानकारी दिएको छ। 

गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर ११ हजार ९५२ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल १८९ जना सक्रिय संक्रमित छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 11, 2022| 17:22 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्