शनिबार, वैशाख २९, २०८१

आफ्नै प्रदर्शन देखेर मक्ख किशोर

घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने गरेका २२ वर्षे किशोरलाई मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले बन्द प्रशिक्षणमा बोलाएका थिए। उनी एकदिवसीय नेपाली टिममा परे पनि खेल प्रस्तुत गर्न भने पाएका थिएनन्।
 |  बिहीबार, वैशाख २९, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– नेपाल र जिम्बावे एबीचको खेल आईसीसीको मान्यताप्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थिएन। यदि थियो भने युवा क्रिकेटर किशोर महतोको उपस्थिति राष्ट्रिय टिमबाट डेब्यू हुने थियो। तर ती खेललाई टी–२० लिस्ट एको मान्यता भने थियो।

triton college

यद्यपि किशोरले सिनियर राष्ट्रिय टिमविरुद्ध पहिलो पटक खेले, त्यो पनि टेस्ट राष्ट्र जिम्बावेको ए टिमविरुद्ध। र, उनले लिस्ट ए टिमविरुद्ध खेलेको मान्यता भने पाए। लिस्ट एको यो डेब्यू उनका लागि चाहिँ सम्झनलायक रह्यो। घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने गरेका २२ वर्षे किशोरलाई मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले बन्द प्रशिक्षणमा बोलाएका थिए। उनी एकदिवसीय नेपाली टिममा परे पनि खेल प्रस्तुत गर्न भने पाएका थिएनन्।

तर गएको सोमबार त्रिवि क्रिकेट मैदानमा आयोजित नेपाल र जिम्बावेको अन्तिम खेलमा भने उनले अवसर पाए। दायाँ हाते मिडियम फास्ट बलर किशोरले जिम्बावेको पाँच विकेट गिराएर सानदार डेब्यू गरे। उनी आफ्नो प्रदर्शन देखेर आफैं मक्ख छन्। ‘नर्मल नै खेल्न गएको हो। केहि सोचेको थिएन। एउटा योजना थियो खेल्ने। टिमले दिएको जिम्मेवारी थियो। पहिलो बलमा नर्भस थिएँ,’ उनले खेलपछिको कुराकानीमा भनेका छन्।

त्यसो त उनले पहिलो खेलमै पाँच विकेट हात लाग्ने सोचेका थिएनन्। तर कप्तान सन्दीप लामिछानेले खेलको सातौं ओभरमा बलिङ गर्ने जिम्मेवारी उनलाई दिँदा उनले कप्तानलाई निराश बनाएनन्। एक ओभर मेडन फालेका किशोरले सात ओभरमा ४३ रन खर्चिएर सो विकेट गिराएका हुन्। ‘आजको जस्तो राम्रो प्रदर्शन होला भन्ने सोचेको थिइन। तर राम्रो हुन्छ भन्ने आशा चाहिँ थियो,’ उनले खेलको अनुभवबारे भने, ‘ओभरअल अनुभव भन्नुपर्दा चाहिँ इन्जोय गरेरै खेलेँ।’

यसअघि नेपालमै भएका घरेलु प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्दै आएका किशोरले पछिल्लो समय सिद्धार्थनगरमा आयोजना भएको प्रो क्लब च्याम्पियनसिपका तीन खेलमा चाहिँ तीन विकेट लिए। त्यसअघि कीर्तिपुर र मूलपानीमा आयोजना भएको प्रधानमन्त्री कपमा कुनै पनि खेलमा उनले खाली हात रहनु परेको थिएन। त्यहाँ उनले गण्डकी र लुम्बिनीविरुद्ध समान २–२ विकेट लिए भने पुलिस क्लबविरुद्ध तीन विकेट लिएका थिए। त्यस्तै, प्रदेश २, बागमती र आर्मीविरुद्ध पनि उनले विकेटको सफलता पाएका छन्।

corrent noodles
Metro Mart
घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने गरेका २२ वर्षे किशोरलाई मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले बन्द प्रशिक्षणमा बोलाएका थिए। उनी एकदिवसीय नेपाली टिममा परे पनि खेल प्रस्तुत गर्न भने पाएका थिएनन्।

उनी टिममा परेपछि र डेब्यूमै सानदार प्रदर्शन गरेपछि राष्ट्रिय टिममा पनि अवसर सिर्जना गरेका छन्। तर उनी चाहिँ टिममै स्थान खोजिहाल्ने समय नभएको बताउँछन्। ‘टिममा आफ्नो स्थान खोजिहाल्ने समय भएको त छैन। तर अवसर चाहिँ छ,’ उनले भने। उनले खेलेको टिम स्तरीय टिममध्येको एक हो। त्यसैले जिम्बावेविरुद्ध खेल्न कसैलाई पनि सजिलो भने हुँदैन। ‘जिम्बावे टेस्ट टिम हो, ऊसँग खेल्न जहिले पनि गाह्रो त हुन्छ नै। हार्ड गेम थियो। त्यसले अनुभव राम्रो भएको छ। हाम्रो टिम मिटिङ हुन्थ्यो, त्यहाँ हामीले ब्याट्समेनलाई रिड गरेका थियौं,’ उनले भनेका छन्।

यता प्रशिक्षक पुबुदु दाशानायकेले पनि किशोरको प्रदर्शनको खुलेर तारिफ गरेका छन्। उनले किशोरसँगै बसिर अहमदलाई भविष्यका लागि तयार गरिरहेको पनि बताएका छन्। ‘भविष्यका लागि किशोर राम्रो हो। लिस्ट ए को डेब्यू खेलमा पाँच विकेट गिराउनु धेरै राम्रो उपलब्धि हो। लामो समयका लागि उनीहरु नेपाली टिममा रहन सक्ने खलाडी हुन्,’ प्रशिक्षक पुबुदुले भने।

राष्ट्रिय टिममा परेका बसिर अहमदले पनि सोमबार लिस्ट ए मा डेब्यू गरेका थिए। उनी पनि उनले जिम्बावेविरुद्ध तीन टी–२० र एक लिस्ट एको खेल खेल्न पाएका थिए। त्यसक्रममा उनले टी २० को एक खेलमा दुई विकेट लिए भने अर्को खेलमा एक विकेट गिराए।

‘दुवै युवा खेलाडी ट्यालेन्टेड छन्। उनीहरुले अवसर पाए। उनीहरु यो लेभलको टिमसँग खेल्नका लागि क्षमतावान छन्। उनीहरुले आज फास्ट बलिङमा फरक स्वाद पनि दिएका छन्। विशेषतः किशोर अग्ला छन्। उनले करण र सोमपाल भन्दा फरक तरिकाले बलिङ गरेका छन्,’ पुबुदुले उनीहरुबारे भने, ‘अहिले नयाँ खेलाडी पनि सिस्टममा आएका छन्।’

पुबुदुले नयाँ खेलाडी कुनै पनि अन्तर्राष्ट्रिय खेलको लागि तयार रहेको जनाउ दिएका छन्। व्यक्तिगत रुपमा उनले आदिलले कमै समय पाए पनि खेलमा राम्रो चरित्र देखाइरहेको बताएका छन्।  उनले भने, ‘यो टिममा राम्रो कम्प्याक्ट भएको छ। अहिले टाइट ग्रुप भएको छ।’

युवा खेलाडी किशोर र बसिरको प्रदर्शनबाट आफू खुसी रहेको कप्तान सन्दीप लामिछाने बताउँछन्। उनले भने, ‘बसिरले टी–२० मा पनि राम्रो प्रदर्शन गरेका थिए। म धेरै खुसी छु।’

प्रकाशित: May 12, 2022| 07:17 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।