बुधबार, असार ३१, २०८३

बाढीले बस बगाउँदा एक दर्जन यात्रु घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
तुलसीपुर- तुलसीपुर-घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन्। 

धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आइतबार बेलुका खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। 

उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ। लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर–लमही सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। 

प्रहरीका अनुसार तुलसीपुर–लमही सडकखण्डको बबई, कटुवा खोला, सेवार, गुर्जे, ग्वारखोलालगायका खोलामा आएको बाढीले आइतबार दिउँसोदेखि यातायात प्रभावित भएको हो। 

साना सवारी साधन सबै ठप्प भएका छन् भने ठूला सवारी साधन भने फाटफुट सञ्चालन भएका छन्। खोलामा ठूला सवारी साधन जोखीम मोलेर सञ्चालन भए पनि साना सवारी साधनहरु भने चल्न सकेका छैनन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।