आइतबार, मंसिर ७, २०८२

नेपालको महिला टिमले युगान्डाविरुद्ध टी–२० सिरिज खेल्ने

नेपाली महिला क्रिकेट टिमले यही मे १६ देखि २१ सम्म युगान्डाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– नेपाली महिला क्रिकेट टिमले यही मे १६ देखि २१ सम्म युगान्डाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।

National life

त्रिवि क्रिकेट मैदानमा हुने सिरिजको तालिका नेपाल क्रिकेट संघ क्यानले आज बुधबार सार्वजनिक गरेको हो। नेपालले मे १६, १७, १९, २० र २१ तारिखमा युगान्डविरुद्ध पाँच टी–२० खेल्नेछ।

उक्त प्रतियोगिताको लागि क्यानले महिला खेलाडीलाई बन्द प्रशिक्षणमा पनि बोलाएको छ। रुविना क्षेत्रीको कप्तानीमा क्यानले २२ खेलाडीलाई पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाएको हो।

टिममा रुविनासँगै सीता राना मगर, इन्दू बर्मा, काजोल जोशी, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी अस्मिना कर्मचार्य, सुमन खतिवडा रहेका छन्।

बन्द प्रशिक्षणमा बोलाइएका हन्य खेलाडीहरुमा संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, विन्दू रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरन्मयी रोय र रितु कनौजिया रहेका छन्।

Laxmi sunrise bank
kumari

नेपाली टिमकी कप्तान रुविना र उपकप्तान सिता राना मगर अहिले फेयरब्रेक इन्भिटेसनल प्रतियोगिताका लागि दुबईमा रहेका छन्। नेपाली महिला टिमले यसअघि दुबईमा आईसीसी महिला विश्वकप छनोट खेलेको थियो।

प्रकाशित: May 11, 2022| 16:34 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।