आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आफूमाथि लगाएका आरोप पुष्टि गर्न एन्फा अध्यक्षलाई पूर्वअध्यक्ष थापाको चुनौती

आफूमाथि लगाएका आरोप पुष्टि गर्न एन्फा अध्यक्षलाई पूर्वअध्यक्ष थापाको चुनौती

फिफाको प्रतिबन्धमा रहेकै बेला पूर्वअध्यक्ष थापाले पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। एन्फाको केन्द्रीय निर्वाचन आगामी असार ६ गते हुने तय भएपछि पूर्वअध्यक्ष थापाले पत्रकार सम्मेलन आयोजना गरेकाले अर्थपूर्ण रूपमा हेरिएको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि लगाइएका एउटा पनि आरोप पुष्टि गर्न चुनौती दिएका छन्। बुधबार पत्रकार सम्मेलन आयोजना गरी थापाले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले लगाएको विभिन्न आरोपको भिडियो क्लिप सावर्जनिक गर्दै यस्तो चुनौती दिएका हुन्। 

National life

अध्यक्ष शेर्पाले आफ्नो चरित्रहत्या गरेकाले पछिल्लो ७ वर्ष आफूले मानसिक पीडा भोग्नुपरेको उनको भनाइ छ। शेर्पाको आरोपका कारण आफूले जीवन नै अन्त्य गरौँ कि जस्तो लाग्ने गरेकोसमेत बताएका थिए। 

फिफाको प्रतिबन्धमा रहेकै बेला पूर्वअध्यक्ष थापाले पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। एन्फाको केन्द्रीय निर्वाचन आगामी असार ६ गते हुने तय भएपछि पूर्वअध्यक्ष थापाले पत्रकार सम्मेलन आयोजना गरेकाले अर्थपूर्ण रूपमा हेरिएको छ। 

थापाले एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको स्वीकार गरेका थिए। त्यसैकारण आफूले फिफाको प्रतिबन्ध भोगेको उनको भनाइ छ। 

गणेश थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो। पैसा लिएको पुष्टि भएपछि २०७२ साल कात्तिकमा फिफाले थापालाई सबैखाले फुटबल गतिविधिबाट १० वर्षका लागि प्रतिबन्ध लगाएको थियो।

Laxmi sunrise bank
kumari

फिफाले थापामाथि २० हजार स्विस फ्र्यांक (करिब २१ लाख रुपैयाँ) जरिवाना पनि गरेको थियो। 

प्रकाशित: May 11, 2022| 15:14 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।