मंगलबार, फागुन १९, २०८२

लखनउलाई हराउँदै गुजरात आईपीएलको शीर्ष स्थानमा

गुजरात टाइटन्सले बुधबार रातिको खेलमा लखनौ सुपर जायन्टलाई हराउँदै इन्डियन प्रिमियर लिग आईपीएलका शीर्षस्थानमा कायम छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- गुजरात टाइटन्सले बुधबार रातिको खेलमा लखनौ सुपर जायन्टलाई हराउँदै इन्डियन प्रिमियर लिग आईपीएलका शीर्षस्थानमा कायम छ। यो वर्ष आईपीएलमा पहिलो पटक सहभागी बनेको गुजरातले १२ खेलमा नवौं जित निकाल्ने क्रममा लखनौलाई ६२ रनले हराएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले पुरा ओभर खेल्दै चार विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफमा उसले लखनौलाई १३ ओभर पाँच बलमा सम्पूर्ण विकेट गुमाएर ८२ रनमै समेटेपछि लखानौले ठूलो हार बेहोरेको हो।

गुजरातका लागि सुभमन गिलले सबैभन्दा धेरै ६३ रन बनाए भने लखनौका अभेष खानले दुई विकेट लिए।

 दोस्रो पारीमा दीपक होडाले सर्वाधिक २७ रन बनाउँदा सात खेलाडीले दोहोरो अंकमा रन बनाउनै सकेनन्। यता रसिद खानले सर्वाधिक चार विकेट गिराए।

प्रकाशित: May 11, 2022| 10:00 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।