बिहीबार, असार १८, २०८३

प्रिमियर लिगमा भिल्लाविरुद्ध लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले मंगलबार राति एस्टन भिल्लाविरुद्ध जित निकालेको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले मंगलबार राति एस्टन भिल्लाविरुद्ध जित निकालेको छ। भिल्लाको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टिमविरुद्ध २–१ को जित निकालेको हो।

लिभरपुलेको जितका लागि जोयल मटिप र साडियो मानेले समान १/१ गोल गरेका थिए। यता भिल्लाका डोग्लस लुइसले खेलको तेस्रो मिनेटमै गोल गरेर घरेलु टिमलाई अग्रता दिलाएका थिए।

तर मटिपले छैटौं मिनेटमै बराबरी गोल गरे। पहिलो हाफमा बराबरी भए पनि ६५औं मिनेटमा मानेले लिभरपुलका लागि विजयी गोल गरेका थिए।

यो जितसँगै लिभरपुलले ३६ खेलबाट ८६ अंक बनाएको छ। समान ८६ अंक भएको म्याचेस्टर सिटी भने एक खेल कम खेलले लिगको शीर्षस्थानमा छ।

लिगमा सिटी र लिभरपुलबीच उपाधि पेचिलो प्रतिस्पर्धा चलिरहेको छ। त्यस्तै, गएराति पराजित एस्टन भिल्ला भने ४३ अंकका साथ ११औं स्थानमा छ।

प्रकाशित: May 11, 2022| 09:57 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।