बुधबार, असार ३१, २०८३

नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्कंदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार नेपाल फर्किने भएको छ। लन्डनको लर्डस्मा भएको क्रिकोणात्मक ट्वेन्टी-ट्वेन्टी सिरीज र नेदरल्यान्ड्‍ससँगको एक दिवसीय क्रिकेट सिरिज पछि नेपाली टोली घर फर्किन लागेका हो। नेपाली टोलीको भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

नेपालले लन्डनको लर्डस्मा जुलाई २९ तारीख त्रिकोणात्मक ट्वेण्टी-ट्वेण्टी शृंखला खेलेको थियो। जसमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ९ विकेटले जित हात पारेको थियो भने नेदरल्याण्ड्ससँगको खेलमा बर्षका कारण खेल रोकिए पछि दुबै टोलीले एक–एक अंक बाँडेका थिए।

त्यसपछि अगस्ट १ र ३ तारीखमा ऐतिहासिक एक दिवसीय क्रिकेट सिरीज खेल्न नेपाल नेदरल्यान्डस् पुगेको थियो। नेदरल्यान्डस्सँगको ऐतिहासिक एक दिवसीय क्रिकेट सिरीजमा नेपालले एक एकको बराबरी खेलेको थियो। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने १ रन ले विजय भएको थियो । ऐतिहासिक एक दिवसीय क्रिकेट सिरीजको दोस्रो खेल जित्दै नेपालले एक दिवसीय क्रिकेटमा सुखद शुरुवात गरेको छ।

ऋब नेपालले अगष्टको २९ देखी मलेसियामा एसिया कप क्रिकेटको छनोटको खेल खेल्ने छ। पहिलो खेल नेपालले ओमानसँग अगष्ट २९ मा बायोमास ओभलमा खेल्नेछ। अगस्ट ३० मा नेपालले आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएईं) को सामना गर्नेछ। सेप्टेम्बर १ मा नेपालले आयोजक मलेसियासँग, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ मा हङकङसँग खेल्नेछ। ६ राष्ट्र सम्मिलित छनोट खेल सेप्टम्बर ७ सम्म चल्नेछ।

राउण्ड रोबिन लिगको आधारमा हुने छनोट विजेताले युएईंमा हुने एसिया कप स्थान बनाउनेछ। मलेसियामा हुने छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ‘ए’ मा पर्नेछ। उक्त समूहमा भारत र पाकिस्तान रहेको छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।