आइतबार, मंसिर ७, २०८२

आरसी-३२ लाई डेढ लाख जरिवाना, तीन खेलाडी प्रतिबन्ध

खेलको नियमा पालना नगरको भन्दै सहिद स्मारक सी डिभिजन लिगको शीर्ष दुईभित्र रहेको आरसी ३२ फुटबल क्लबलाई अखिल नेपाल फुटबल संघ(एन्फा) ले डेढ लाख जरिवाना गरेको छ।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं– खेलको नियमा पालना नगरको भन्दै सहिद स्मारक सी डिभिजन लिगको शीर्ष दुईभित्र रहेको आरसी ३२ फुटबल क्लबलाई अखिल नेपाल फुटबल संघ(एन्फा) ले डेढ लाख जरिवाना गरेको छ।

National life

गएको आइतबार पुलचोकसँगको खेलमा नियम पालना नगरेको भन्दै एन्फाले उसलाई जरिवाना गर्दै खेलाडी र अफिसियललाई प्रतिबन्ध गरेको हो।

लिग समितिको सिफारिसपछि एन्फा अनुशासन समितिले खेलाडी अनिश श्रेष्ठलाई दुई वर्ष र विदुर रिजाल र प्रवीण राईलाई एक–एक वर्षको प्रतिबन्ध लगाएको हो। अब उनीहरुले एन्फाले आयोजना गरेको वा स्वीकृत हुने फुटबल प्रतियोगिता यो समयावधिमा खेल्न पाउने छैनन्। 

त्यस्तै, टिम अफिसियल सञ्जीव कार्की र व्यवस्थापक अनुप भट्टराईलाई लिगका बाँकी खेलमा र टिम अफिसियल रविन चन्दलाई एक वर्ष फुटबल प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाइएको एन्फाले सूचनामा लखेको छ। अफिसिल रविन चन्द सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षसमेत हुन्।

सुर्खेतमा धाँधली भएपछि सुर्खेतको साधारणसभा समेत एन्फा सातदोबाटोमा एक हप्ताअघि सम्पन्न भएको थियो। यि सबै निलम्बन वैशाख ९ गतेदेखि लागू हुने एन्फाले जानाएको।

Laxmi sunrise bank
kumari

गएको आइतबार सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएपछि क्लबका खेलाडी र अधिकारीहरूले एन्फा कम्प्लेक्सको मैदानको भिआइपी क्षेत्रमा रहेका प्राविधिक कर्मचारीलाई हातपात गरेको एन्फाको अनुसासन समतिले जानकारी दिएको छ।

प्रकाशित: May 10, 2022| 23:05 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।