शुक्रबार, वैशाख २१, २०८१

बिना मगरको क्षेत्रमा कांग्रेस र एमालेलाई हराउन माओवादी–एसको गठबन्धन

दुवै नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले तालमेल गरेका छन्। यो गठबन्धनलाई जिताउन मगर खटिएकी हुन्।
 |  मंगलबार, वैशाख २७, २०७९

राज सरगम

राज सरगम

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगरको निर्वाचन क्षेत्र कञ्चनपुर-१ मा पर्छ बेलौरी र पुनर्वास नगरपालिका। यहाँबाट मगर प्रतिनिधिसभा सदस्य छिन्। यो क्षेत्रको नतिजा आफ्नो पक्षमा पार्न वैशाख २२ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वैशाख २६ मा प्रचण्ड पुगेर भाषण गरेका थिए। 

triton college

कञ्चनपुरको दक्षिणी बेल्टका यी दुई नगरमा पूर्वखानेपानी मन्त्री मगर हँसिया-हथौडासँगै कलम चिन्हसमेत बोकेर घरदैलो कार्यक्रममा हिँडेकी छिन्। दुवै नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले तालमेल गरेका छन्। यो गठबन्धनलाई जिताउन मगर खटिएकी हुन्। 

पुनर्वास नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट जीवनराज थापा मेयर उम्मेदवार छन्। उनलाई माओवादीले सघाएको छ। अघिल्लो २०७४ को स्थानीय चुनावमा एमालेबाट थापाले जितेका थिए। तर पछि उनी समाजवादीमा क्रियाशील हुन थालेका हुन्। यो पालिकामा माओवादीले उपमेयरमा धोखेराम रानालाई उठाएको छ। 

एमालेबाट मेयर पदमा उम्मेदवार पदम पुजारा छन्। उपमेयरमा सुशिला खत्री रहेकी छिन्। समुन्नत विकास, भ्रष्टाचार मुक्त नगर निर्माण र सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धतामा रहेको र काम पनि गरेर देखाउने पुजारा बताउँछन्। ‘विगतका उम्मेदवारले मतदातालाई झुठा आश्वासन मात्रै दिँदै आएका र अब आफू निर्वाचित भएपछि पहिलो निर्णय नै सुकुम्बासीलाई निःशुल्क जग्गाधनी प्रमाणपत्र वितरणको गर्नेछु,’ उनले भने। समाजवादीबाट मेयरका प्रत्यासी रहेका थापाले पनि आफ्नो उम्मेदवारी नगरको समृद्धिका लागि भएको बताउँदै आएका छन्।  

000

corrent noodles
Metro Mart

केहीदिन अगाडि घोषणा पत्र सार्वजनिक गर्दै १९ बुँद्धे नगर विकासका योजना थापाले सार्वजनिक गरेका थिए। आफूले पाँच वर्षे कार्यकालमा नगरमा थुप्रै विकास निर्माणका काम गरेको उनको दाबि छ।

नेकपा एमाले विभाजित भएपछि पुनर्वास नगरपालिकामा आफ्नो पार्टी बलियो बनेको कांग्रेसको दाबी छ। 

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका थापा भन्छन्, ‘यसपाली हाम्रो प्रतिस्पर्धी भनेको एमाले होइन। कांग्रेस हो। एमालेसँग हामीलाई डर छैन,' उनले थपे।

पुनर्वासमा कांग्रेसबाट तोयाप्रसाद शर्मा मेयरका उम्मेदवार हुन् भने उपमेयरमा भलिया राना छिन्। २०७४ मा दुवैले टिकट पाएका थिए। तर, दुवैले क्रमश: पाँच सय र सात सय कम मतका कारण नेकपा एमालेसँग पराजित हुनु परेको थियो। पार्टीले यसपटक पनि आफूलाई टिकट दिएर मौका दिएको बताउने शर्मा भन्छन्, ‘अघिल्लोपटक पार्टीले ढिलो दिएको कारण प्रचारप्रसार पुगेन र हार व्यहोर्नु पर्‍यो। यो पटक पनि पार्टीले टिकट ढिलै दिएको हो तर प्रचारप्रसारमा कुनै कमी गरेका छैनौं। मेयर र उपमेयरमा हामी नै जित्छौं। 

कांग्रेसले मेयर-उपमेयर दुवै पद जित्ने आधार नेकपा एमालेको फुटलाई ठान्छ। एकीकृत समाजवादी र माओवादी केन्द्रको तालमेलबाट २०७४ कै मेयर दोहोरिएकाले जनताले कांग्रेसलाई मत दिने शर्माको दाबी छ। शर्माले आफ्नो प्रतिस्पर्धी एमालेलाई नै ठान्छन्। 

पुनर्वासमा ३४ हजार १ सय २१ मतदाता छन्। ‘१३ हजार भन्दा बढी मत ल्याएर जित्नेछु,' उनको दाबी छ। 

अहिले नेकपा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी गठन भएको र नेकपा माओवादीबाट नगरप्रमुखमा प्रतिस्पर्धा गरेका वीरबहादुर थापा एमालेमा बसेकोले नेपाली कांग्रेसको अवस्था मजबुत रहेको स्थानीय नेताहरूको पनि विश्लेषण रहेको छ। २०७४ को निर्वाचनमा पुनर्वास नगरपालिकामा कांग्रेस तेस्रो स्थानमा रहेको थियो।

000

२०७४ मा बेलौरी नगरपालिका माओवादीबाट बिजयी पोतीलाल चौधरी पुनः सोही दलबाट मेयर उम्मेदवार छन्। ३ सय ५७ मतले अग्रता लिँदै विजयी उनका निकटतम प्रतिद्वन्दी एमालेका पल्लवराज भट्टले ६ हजार ४ सय ७ मत ल्याए पनि पराजित हुन पुगेका थिए। 

एमाले उपमेयर उम्मेदवार चित्र कुमारी चौधरीले ६ हजार ७ सय ४८ मतसहित निर्वाचित भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी राधादेवी खरेल (कँडेल) ६ हजार १ सय २१ मत सहित पराजित भइन्। 

बेलौरीमा पनि माओवादी-समाजवादी तालमेल छ। माओवादीले मेयर पाउँदा उपमेयरमा नेकपा एकीकृत समाजवादीको भागमा छ। एसका नन्दकुमार राना उपमेयर उम्मेदवार हुन्। 

एमालेबाट कमला बोहरा मेयरको उम्मेदवार हुन् भने उपमेयरमा जोगराम चौधरी उम्मेदवार हुन्। बोहरा केपी शर्मा ओलीको दुई तिहाईका सरकार छदाँ भूमिसम्बन्धी समस्या समाधान गर्न बनेको आयोग कञ्चनपुरकी अध्यक्ष थिइन्। अहिले मुख्य प्रतिबद्धताका साथ सुकम्बासी समस्या समाधान गर्ने बताउँछिन्। उनले भनिन्, ‘महिलामाथि अझै पनि संकुचित धारणा राख्ने सामु काम गरेर देखाउनेछु । महिलाले पनि काम गर्नसक्छन् भन्ने देखाउनु छ।’

शिक्षा, स्वास्थ्य, कृषि र बेलौरी छोटी भन्सारलाई पहिलो प्रथामिकतामा राखेर काम गर्नका लागि नगरप्रमुख पदमा उम्मेदवारी दिएको दाबी गर्छिन्। उनले भनिन्, ‘मेरो प्रतिस्पर्धा कांग्रेससँग हो तर ढुक्कले जित्नेछु,' उनले थपिन्, 'नेपाली कांग्रेसले पनि आफ्नो उम्मेदवारी दिएको छ । माओवादी केन्द्रको पनि छुट्टै उम्मेदवार छन्। हामी सबै एक्लाएक्लै अगाडि बढिरहेका छौं। त्यसकारण यहाँ गठबन्धनको कुनै असर पर्दैन।’ अनेरास्ववियुबाट नेपाली राजनीतिमा स्थापित भएकी बोहरा नेकपा एमाले केन्द्रीय सदस्य तथा कन्चनपुर जिल्ला सह–इन्चार्ज पनि हुन्। 

नेपाली कांग्रेसले बेलौरीमा हरेन्द्र सिंह विष्ट ‘होसियार’ लाई मेयर र उपमेयरमा खिना भण्डारीलाई अघि सारेको छ। विष्टले २०४६ सालबाट कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति थालेका थिए। २०५३ सालमा शिक्षक संघमा आबद्ध उनी ११ र १२ औं महाधिवेशनबाट कञ्चनपुर-१ का सभापतिसमेत भएका थिए। 

२०७४ को स्थानीय चुनावमा मेयर पदमा पराजित भएका विष्टले बेलौरीलाई स्मार्ट सिटी बनाउने र थारू संग्रहालय बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: May 10, 2022| 21:19 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...