आइतबार, मंसिर ७, २०८२

एसियन गेम्सका लागि भलिबलका ३५ खेलाडी छनोट

संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग बाट उक्त खेलाडी छनोट गरेको बताएको हो।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- छिमेकी मुलुक चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाडका लागि नेपाल भलिबल संघले ३५ महिला खेलाडीको बन्द प्रशिक्षणका लागि छनोट गरेको छ। भलिबल संघले मंगलबार पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

National life

संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग बाट उक्त खेलाडी छनोट गरेको बताएको हो।

महिला भलिबलले गरेको उच्च प्रदर्शनलाई आधार मान्दै एसियन गेम्सका लागि महिला भलिबललाई पनि समाविष्ट गर्ने निर्णय भएको संघले बताएको छ।

पहिलो चरणमा छनोट हुन सफल खेलाडीहरुमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी रहेका छन्।

त्यस्तै, छनोट हुने बाँकी खेलाडीहरुमा सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगती नाथ, सरस्वती जैशी, कामना बिष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ्ग, निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाङ्गी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रीमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेशमा भण्डारी, हिरा केसी, उषा विष्ट, मनिष खाँड रहेको संघले जानकारी दिएको  छ।

Laxmi sunrise bank
kumari

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल , प्रज्वल बहादुर सिंह, जगदिश भट्ट र भरत यादव  सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हुन्।

प्रकाशित: May 11, 2022| 06:32 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।