शनिबार, वैशाख २२, २०८१

मौन अवधिको पूर्वसन्ध्यामा दलहरूको दौडधुप, झापादेखि काठमाडौंसम्म ६ वटा कार्यक्रम भ्याए ओलीले

नेताहरु तथा उम्मेदवार जनता फकाउने अन्तिम कसरतमा देखिए। सबैभन्दा बढी दौडधुप नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरे।
 |  मंगलबार, वैशाख २७, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं– यही शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन।

triton college

मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने निर्वाचन आयोगले जनाएको छ। मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन। मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ। यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा सेयर गर्न÷गराउन नपाइने आयोगले जनाएको छ।

मौन अवधि सुरु हुनुअघि मंगलबार मुख्य राजनीतिक दलहरुले विभिन्न स्थानमा चुनावी सभा आयोजना गरे। सभालाई दलका शीर्ष नेतादेखि दोस्रो तहका नेता तथा उम्मेदवारहरुले सम्बोधन गरेका थिए। 

मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने निर्वाचन आयोगले जनाएको छ।

नेताहरु तथा उम्मेदवार जनता फकाउने अन्तिम कसरतमा देखिए। सबैभन्दा बढी दौडधुप नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरे।

corrent noodles
Metro Mart

हिजो सोमबार  कीर्तिपुर नगरपालिका, पोखरा महानरपालिका र ललितपुर महानगरपालिकाको कार्यक्रम भ्याएर राति झापा पुगेका ओलीले आज दिउँसो झापा र मोरङका ५ वटा कार्यक्रम भ्याए। लगत्तै छैटौं कार्यक्रमका लागि उनी आजै अपराह्न काठमाडौं आइपुगे र काठमाडौं महानगरको चुनावी सभालाई भृकुटीमण्डपमा सम्बोधन गरे।

भृकुटीमण्डपमा अन्तिम चुनावी सम्बोधन गरेका ओलीले विपक्षीलाई अरुबेला जस्तै आक्रमण गरे। अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुरमा मतपत्र च्यातिएको प्रसंग निकाल्दै उनले व्यंग्य कसे। ओलीले मतपत्र आफ्नो आँखाबाट ओझेल पर्न नदिन आफ्ना कार्यकर्तालाई निर्देशन नै दिए। उनले भने, ‘मतपत्र हाम्रो आँखाबाट ओझेल पर्न दिनु हुँदैन। ओझेल पर्न नदिकन मतपत्रको रक्षा गर्नुपर्छ। जबसम्म गणना सकिएर नतिजा आउँदैन, तबसम्म नछोड्नू।’

निर्वाचन आयोग र निर्वाचन अधिकृतको भूमिकामा पनि उनले आशंका गरे। भने, ‘हामीले अघिल्लो पटक देख्यौं, विभिन्न ठाउँमा निर्वाचन अधिकृतको भूमिका पनि ठीक रहेन। भरतपुरमा मतपत्र च्यात्दा पनि दहीचिउरे कुरा गरे।’ त्यस्तै उनले गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका कार्यकर्ता बिचरा भएकोसमेत टिप्पणी गरे। नेपाली कांग्रेस बिचरा के चर्चा गर्नु भनेर व्यंग्य गर्दै उनले भने, ‘भरतपुर जाँदा केमा भोट हाल्ने भनेर वर्तिरपर्तिर हेर्नुपर्छ। पोखरामा जाँदा केमा भोट हाल्नुपर्छ भनेर खोज्नुपर्छ। दमकमा जाँदा त टुँडो भाँचिएको हलोमा भोट हाल्ने भन्ने बुझेका छन्।’

कांग्रेसका कार्यकर्तालाई चुनावैपिछे आफ्नो चिन्हमा भोट हाल्न नपाएकोमा पिर परेको उनको टिप्पणी थियो। चितवनको भरतपुरमा कांग्रेसले निरन्तर माओवादीलाई भोट हाल्नु परेकोप्रति लक्षित गर्दै ओलीले कांग्रेस कार्यकर्ता विचरा बनिरहेको बताए। 

‘नेपाली कांग्रेसका साथीहरू कसरी मन थाम्नुभएको होला। चुनाव नआउञ्जेल रुख बोकेर हिँड्ने, चुनाव आएपछि रुख छाड्ने,’ व्यंग्यात्मक शैलीमा ओलीले भने, ‘के बोकेर हिँड्ने पनि थाहा छैन। पोखरा महानगरमा टुँडो भाँचिएको कलम, दमकमा हलो, भरतपुरमा गोलाकारभित्र हँसिया हथौडा।’

ओलीले भृकुटीमण्डपमा सबोधन गर्ने क्रममा न्यायालयको समेत आलोचना गर्न भ्याए। उनले संसद् भंगका विषयमा अदालतले न्यायोचित फैसला नगरेको टिप्पणी गरे। ‘अदालतले कांग्रेसले भंग गर्दा संविधान बमोजिम भन्छ। एमालेले भंग गर्दा त्यही सर्वोच्च अदालत असंवैधानिक भन्छ,’ उनले भने।

‘नेपाली कांग्रेसका साथीहरू कसरी मन थाम्नुभएको होला। चुनाव नआउञ्जेल रुख बोकेर हिँड्ने, चुनाव आएपछि रुख छाड्ने,’ व्यंग्यात्मक शैलीमा ओलीले भने, ‘के बोकेर हिँड्ने पनि थाहा छैन। पोखरा महानगरमा टुँडो भाँचिएको कलम, दमकमा हलो, भरतपुरमा गोलाकारभित्र हँसिया हथौडा।’

उता, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी रहेको बताएका छन्।  सोमबार गृहजिल्ला पुगेका सभापति देउवाले मंगलबार जिल्ला सदरमुकाममा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै बाटोघाटो, सडक कालोपत्र, सडक चौडालगायत खानेपानी र स्वास्थ्य तथा बेरोजगारी हटाउन पहल गर्ने बताए। 

सभापति देउवाले पूर्वाधार तयार गर्न सकिए प्रदेश राजधानी डडेल्धुरा सार्न सकिने बताए। ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ। अब संरचना निर्माण गर्छौ। त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ।’ डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्नुपर्ने उनको भनाइ थियो। 

पश्चिम सेतीसँगै पञ्चेश्वर बहुद्देश्यीय परियोजना पनि चाँडै भारत सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउनका लागि कुराकानी भइरहेको उनको भनाइ थियो। सभापति देउवाले बाटो बिर्सेर अन्यन्त्र लागेका नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रहसमेत गरे। ‘अझै केही बिग्रेको छैन घर फर्किनुस्,’ उनले भने। विकास विरोधी तत्व र लोकतन्त्र मास्ने गिरोहसँग नलाग्न नेता तथा कार्यकर्तालाई उनले सुझावसमेत दिए। सभापति देउवा मतदान गरेर मात्रै काठमाडौं फर्किने कार्यक्रम छ।

मंगलबार दौडधुप गर्ने अर्का नेता थिए, कांग्रेस महामन्त्री गगन थापा। थापाले आज चाँगुनारायण, गोकर्णेश्वर नगरपालिका हुँदै अन्तिममा काठमाडौंको असनमा आयोजित कार्यक्रममा बोलेका थिए। असनमा सिर्जना सिंहलाई मत माग्ने क्रममा उनले काठमाडौंलाई महानगर बनाउँछु भन्ने महिलालाई मत दिनुपर्ने बताए। त्यस्तै महानगरका अर्का उम्मेदवार केशव स्थापितले बारम्बार सिर्जना सिंहमाथि अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै थापाले सिंहको बचाउ गरे। 

‘सिर्जना सिंहले ल्याएको कुरा मन परेन, भन्नुस्। म रुखमा भोट हाल्दिन, भन्नुस् पाइन्छ। तर, एउटा महिला भएर ठूला कुरा गर्ने? कसैको श्रीमती, भाउजू भएर आएर मञ्च उभिने? भन्ने कुरा तमाम काठमाडौंबासी महिलाहरुको अपमान हो कि हैन, सबैले बुझ्न आवश्यक छ,’ थापाले भने।  

gaganस्थापितको विगत कोट्याउँदै थापाले प्रश्न गरे, ‘एउटा पुरुष नेकपा एमालेको मेयर हुन्छ। त्यसलाई छोडेर गएर राजाबाट मनोनित मेयर हुन्छ। त्यसलाई छोडेर गएर माओवादीको प्राधिकरणको प्रमुख हुन्छ। त्यसलाई छोडेर गएर प्रजा परिषद् पार्टी खोल्छ। त्यसलाई छोडेर संघीय परिषदको उम्मेदवार हुन्छ। त्यसलाई छोडेर फनफनी घुमेर आएर फेरि एमालेको उम्मेदवार हुन्छ। उसलाई कसैले प्रश्न गर्न पाउँदैन? ऊ हुन पाउने तर एउटा महिलाले चुनाव लड्छु भन्दा उसले चाहिँँ जवाफ दिनुपर्ने?’ काठमाडौंमा सिंहलाई भोट माग्ने क्रममा थापाले गुठी विधयेकको प्रसंग पनि कोट्याए। उनले भने, ‘काठमाडौंबासी उठेर नआएको भए, यहाँको समुदाय नउठेर गुठी विधेयक पारित गरेको भए, यहाँको जात्रा पर्व, संस्कृतिको हालत के हुन्थ्यो?’ 

मंगलबार नै ललितपुरमा ललितपुर महानगरपालिकाका मेयर र उपमेयर उम्मेदवारलाई भोट माग्न पाँच दलीय गठबन्धनले चार घण्टा लामो चुनावी सभा गर्यो। सम्बोधन गरेका अधिकांश नेताको भाषण मूलतः दुई विषयमा केन्द्रित देखिन्थ्यो। एमाले अध्यक्ष केपी ओलीको आलोचना र गठबन्धन गरेकोप्रति असन्तुष्ट कार्यकर्ताले भोट नहाल्लान् कि भनेर फकाउनमा उनीहरु केन्द्रित देखिए। यसरी ललितपुरमा पनि उम्मेदवारहरु मत माग्ने अन्तिम कसरतमा थिए।

दौडधुपमा रहेका दलले अपिलमार्फत पनि मतदाता फकाउने प्रयत्न गरे। मंगलबार एक अपिल जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाले कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह–अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेको बताए। नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा कांग्रेसको निर्णायक भूमिका रहँदै आएको देउवाले उल्लेख गरेका छन्।

‘नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम हाम्रासामु छर्लंग छ। यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको हो र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे सबै जानकार नै छौँ,’ देउवाको अपिलमा भनिएको छ।


प्रकाशित: May 10, 2022| 19:44 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...