शुक्रबार, कात्तिक १३, २०८३

एमाले नेताको चुनावी विश्लेषण : काठमाडौंमा एमाले यसरी हुँदैछ 'पत्तासाफ'

'हाम्रो पार्टीमा अखिल नेपाल महिला संघ (अनेमसंघ) छ कि छैन ? काठमाडौँमा नेतृत्व गर्ने महिला एमालेमा कोही पनि छैनन् त? अनि एउटा हिरोइन आएर चुनाव लड्नुपर्ने अवस्थामा एमाले पुग्यो,' मानन्धरको
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

वैशाख ३० गते बिहान ७ बजे सुरु हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राती १२ बजेदेखि मौन अवधि सुरु हुन्छ। मौन अवधिमा प्रारम्भ भएपछि राजनीतिक दलले प्रचारप्रसारका कुनै काम गतिविधि सञ्चालन गर्न पाउँदैनन्। कैसैलाई प्रभावित गर्न पनि पाईंदैन। यद्यपि मौन अवधिमा राजनीतिक दलका स्थानीय चुनावी संयन्त्रले विश्लेषण गर्ने र हारजितको प्रारम्भिक आकलन गर्ने काम मौन अविधमा हुने बताइने गरेको छ। 

देशका सबै स्थानमा राजनीतिक दलले मंगलबार चुनावी प्रसारप्रसारका कामलाई अन्तिम रूप दिँदैछन्। काठमाडौंमा पटकपटक चुनाव लडेका एमाले नेता रामवीर मानन्धरले पनि काठमाडौंको परिणाम कस्तो होला भनेर अनुमान गरेका छन्। उनको विचारमा एमालेले उम्मदेवार चयन गर्ने बेलामा बुद्धि नपुर्‍याएको, विवादित व्यक्तिलाई मेयर उम्मेदवार बनाएको र पार्टीमा लामो समय योगदान दिएका कार्यकर्तालाई प्रतिस्थापन गरेर पार्टीमा कुनै योगदान नभएका व्यक्तिलाई उपमेयरमा उम्मेदवार बनाएकाले एमाले क्लिन स्वीप हुने अवस्था सिर्जना भएको उनको भनाइ छ।  एमालेले जो भेट्यो त्यहीसँग गठबन्धन गरेको विषयमा पनि एमाले नेता मानन्धर नेतृत्वप्रति सन्तुष्ट छैनन्। 

काठमाडौं महानगरबाहेक जिल्लाका १० पालिकामध्ये २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)ले ७ वटा र नेपाली कांग्रेस ४ वटा स्थानीय तह जितेको थियो। दृष्टि न्युजसँग कुराकानी गर्दै मानन्धरले काठमाडौं महानगरका वडागत र बाँकीमा तहगत विश्लेषण गर्दै पार्टीका पक्षमा चुनावी नतिजा नआउने ठोकुवा गरेका। 

३२ वडा रहेको काठमाडौँ महानगरपालिकामा हाल ३ लाख मतदाता छन्। अघिल्लो चुनावमा २ लाख ७९ हजार ३ सय ९ मतदाता हुँदा ७० प्रतिशत मत खसेको थियो। यसपाली पनि ७० प्रतिशत मत खस्दा २ लाख १० हजार आसपास हुन्छ। गत निर्वाचनमा कांग्रेसका लागि मेयरका प्रतिस्पर्धी राजुराज जोशीले भन्दा उपमेयर उम्मेदवार हरिप्रभा खड्गीले बढी मत ल्याएकी थिइन्। खड्गीले ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी हुँदा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भए। यसले पनि काठमाडौंमा कांग्रेसको अवस्था खासै कमजोर नभएको नेता मानन्धरको भनाइ छ। 'गत निर्वाचनमा कांग्रेसकी खड्गीभन्दा एमालेका शाक्य मत ६ हजार मात्रले मात्र अगाडि हो। काठमाडौँमा कांग्रेस कमजोर छैन। गठबन्धनले कांग्रेसलाई थप बलियो बनाएको छ,' मानन्धरले भने। 

विवादित व्यक्तिलाई उम्मेदवार बनाउँदा घाटा भइरहेको उनले बताए। 'कसैलाई ‘तिम्रो फेस राम्रो छ, तर थुतुनो ठिक भएन’ भनेर गाली गर्न आवश्यक छैन। ‘रिसको भाँडो हुँ, कराते खेलेको छु’ भन्नुपर्ने आवश्यकता थियो र?,' महर्जनको स्थापितप्रति असन्तुष्टि छ। 

नेता मानन्धरले वडागत रुपमा नै एमाले कमजोर बनेको बताए। एमालेले जितेका वडामा कांग्रेस झिनो मतान्तरले पराजित भएकाले पनि वडाहरू जोगाउन एमालेलाई थप मुस्किल परेको उनको भनाइ छ। 'धेरै मतान्तरले कुनै पनि वडामा जितहार भएको छैन। नेकपा (एकीकृत समाजवादी) र एमालेको भोट बैंक एउटै हो। एमालेको भोट काटिएर गठबन्धनको पक्षमा जाने निश्चित छ। माओवादी केन्द्र र एकीकृत समाजवादी मात्रै मिले भने पनि एमाले पत्तासाफ हुन्छ,' मानन्धरले भने। 

मानन्धर वडा नम्बर १६ मा दुईपटक वडाध्यक्षमा विजयी भएका थिए। २०४९ सालमा मानन्धरले शारदाप्रसाद भट्टराईलाई ९० मत हराएका थिए। त्यसबेला कांग्रेस तेस्रो बनेको थियो। ०५४ सालमा हालका वडाध्यक्ष मुकुन्द रिजालले १८ सय मात्र मत ल्याएका थिए। तर ०७४ सालमा रिजालले ४३ सय हाराहारी मत ल्याएर विजयी भए। 'कांग्रेस एक्लै भएको अवस्थामा त १८ सय मत बढेर ४३ सय पुगेको छ भने गठबन्धन हुँदा एमालेको हालत के हुन्छ? काठमाडौँमा गठबन्धन हुँदा एमालेले कति मतान्तरले हार्छ? म त काठमाडौँमा एमाले ‘क्लिन स्विप’ हुने अवस्था देखिरहेको छु,' एमालेले काठमाडौं मेयरमा चुनाव नजित्ने उनको दाबी छ। 

गत स्थानीय चुनावमा काठमाडौँको कागेश्वरीमा एमाले विजयी भएको थियो। त्यसबेला ५ सय हाराहारीमा मात्र मतले कांग्रेस पराजित भएको थियो। एमालेबाट विजयी बनेका कृष्णहरि थापा हाल समाजवादीमा गएका छन्। उनी गठबन्धनका उम्मेदवार हुन्। कीर्तिपुर नगरपालिकामा पनि करिब ६ सय मतान्तरले एमालेका रमेश महर्जन विजयी भएका थिए। 'अहिले रमेशले टिकट पाउनुभएको छैन। त्यहाँ एमालेले कस्तालाई टिकट दिएको छ, तपाईं आफैँ हेर्नुहोला,' उनले भने। इमान्दार कार्यकर्तालाई पन्छाएर विवादित व्यक्तिलाई एमालेले बोकेको भन्दै नेता महर्जनले अध्यक्ष केपी शर्मा ओलीसँग उत्तर समेत मागेका छन्। 

विवादित व्यक्तिलाई काठमाडौं महानगरमा उम्मेदवार बनाउँदा घाटा भइरहेको उनले बताए। 'कसैलाई ‘तिम्रो फेस राम्रो छ, तर थुतुनो ठिक भएन’ भनेर गाली गर्न आवश्यक छैन। ‘रिसको भाँडो हुँ, कराते खेलेको छु’ भन्नुपर्ने आवश्यकता थियो र?,' महर्जनको स्थापितप्रति असन्तुष्टि छ। 

काठमाडौंमा विकासका काम आफूले मात्र गरेको एमाले मेयर उम्मेदवार स्थापित दाबी गर्दै आइरहेका छन्। बसपार्क बनाएको, धरहरालाई लिजमा दिएको, माइतीघर व्यवस्थापन गरेको र तीनकुनेमा ठूलो पार्क बनाएको दाबी प्रायजसो चुनावी कार्यक्रममा छुटाउँदैनन् उम्मेदवार स्थापित। तर ती काममा अनियमितता भएको त्यस विषयमा स्थापितले केही पनि नबोलेको मानन्धरको भनाइ छ।

'बसपार्क ५० वर्षसम्मका लागि कसरी लिजमा दिनुभयो? धरहरा कसलाई कसरी लिजमा दिनुभयो? सुन्धाराको पानी सुक्ने गरी काठमाडौँ मल कसरी बनाउन दिनुभयो? भनेर सोध्दा स्थापितको जवाफ के हुन्छ? नक्सापासदेखि, कसको जग्गा थियो ? के थियो भन्ने इतिहास खोलिदियो भने उहाले के गर्नुहुन्छ,' मानन्धरका प्रश्न छन्, 'काठमाडौँ महानगरपालिकाभित्र बनेको आकाशे पुलको ठेक्का कसलाई दिइएको थियो? भनेर सोध्यो भने जवाफ के दिनुहुन्छ? माइतीघर मण्डला बनाउन कति रुपैयाँ लाग्नेमा कति खर्च गर्नुभयो भनेर सोध्दा उहाँको जवाफ के हुन्छ ? माइतीघरका घर कस्ता थिए, कति रुपैयाँको बिल पेश भएको थियो भनेर सोध्यो भने के हुन्छ?' स्थापितले पार्टीलाई बदनाम गराएको उनको आरोप छ। स्थापितले गल्ती गरेको र आफू भने उनलाई जोगाउने पक्षमा नरहेको एमाले नेता मानन्धरको टिप्पणी छ। 

 'हाम्रो पार्टीमा अखिल नेपाल महिला संघ (अनेमसंघ) छ कि छैन ? काठमाडौँमा नेतृत्व गर्ने महिला एमालेमा कोही पनि छैनन् त? अनि एउटा हिरोइन आएर चुनाव लड्नुपर्ने अवस्थामा एमाले पुग्यो,' मानन्धरको

स्थापित प्रदेशसभामा चिर्वाचित भएर बागमतीमा मन्त्री पदसम्म पुगेका थिए। तर त्यहाँका मुख्यमन्त्रीसँग विवाद भएपछि उनले राजीनामा दिनुपरेको थियो। यो कुरालाई सम्झिएका मानन्धर भन्छन्, 'हिजो खराब भनेर कारबाही गर्ने अनि आज स्वच्छ, पवित्र छ भनेर टिकट दिने? यस्ता विवादित पात्रका लागि इमान्दार कार्यकर्ता पार्टीबाट लखेटिनुपर्ने हो र?'

०५४ सालमै ८४ हजार भोट ल्याएर जितेको र यसपाली त्योभन्दा बढी मत ल्याउने स्थापितको अभिव्यक्तिको कुनै आधार नभएको उनको भनाइ छ। यो उनको दम्भ र घमण्ड मात्र भएको उनको भनाइ छ। यसअघि पनि काठमाडौंमा तत्कालीन संघीय समाजवादी पार्टीबाट छाता चुनाव चिह्न लिएर चुनाव लड्दा तेस्रो स्थानमा पुगेका  थिए। भोटको दम्भ नगर्न उनले स्थापितलाई सुझाव दिए। 

काठमाडौँमा एमाले सिध्याउन पार्टीकै नेतृत्व लागिपरेको नेता मानन्धरको आरोप छ। 'काठमाडौँ जिल्लाको एमाले नेतृत्व पार्टी सिध्याउन मिलेको छ। कृष्णगोपाल श्रेष्ठ, कृष्ण राई, दीपक निरौला होस् या केशव स्थापितहरू नै किन नहुन्, केन्द्रीय सदस्यहरूले नै एमाले सिध्याउने कोसिस गरिरहेका छन्,' उनले भने। उम्मेदवारको टिकट  वितरण गर्ने समयमा कुनै सल्लाह नभएको उनले दुखेसो गरे। 

एमालेले उपमेयरमा टिकट दिँदा पनि लामो त्याग, तपस्या गरेका इमान्दार कार्यकर्तालाई अन्याय गरेको उनको आरोप छ। नेताहरू नै खराब भएपनि तल्लो तहमा रहेका  कार्यकर्ताको केही पनि नलाग्ने भन्दै उनको दुखेसो छ। 'हाम्रो पार्टीमा अखिल नेपाल महिला संघ (अनेमसंघ) छ कि छैन ? काठमाडौँमा नेतृत्व गर्ने महिला एमालेमा कोही पनि छैनन् त? अनि एउटा हिरोइन आएर चुनाव लड्नुपर्ने अवस्थामा एमाले पुग्यो,' मानन्धरको दुखेसोसँगै आक्रोश पनि छ, 'पार्टीका महिला भोट र लेवी तिर्न मात्रै हुन् त? पार्टीमा लामो समयदेखि लागेका महिलाहरूको अधिकार नै छैन? अनेमसंघ बनाउन धेरै रगत पसिना बगाएका मेरा दिदीबहिनी हुनुहुन्छ। पार्टीमा किन लाग्नु?'

प्रकाशित: May 10, 2022| 16:27 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...